आज    |   

‘जाउँ घुम्न बन्दिपुर’ गरिमा होमस्टेमा ८ सय मै खान बस्ने सुविधा



पारम्परीक नेपाली शहरको अनुभूति दिलाउने बन्दिपुर घुम्न आउने आन्तरिक पाहुनालाई लक्षित गर्दै गरिमा अर्गानिक होमस्टेले प्याकेज बनाएको छ ।

होमस्टेको प्याकेजमा बस्ने आन्तरिक पाहुनाले प्रतिव्यक्ति एकरातका लागि ८ सय रुपैयाँ तिर्नुपर्ने छ। यो मुल्यमा पाहुनाले एकरातको बसाई सहित डिनर र ब्रेकफास्ट खान पाउनेछन।

होमस्टेमा आउने पाहुनाले स्वागत सत्कार, स्वच्छ वातावरण, स्वस्थ्य खानपीन, साँस्कृतिक, तथा पारिवारिक वातावरण बस्ने सुविधा मिलाइएको छ । यस होमस्टेमा जाने पाहुनाले होमस्टेमै उत्पादन गरिएको अर्गानिक खानेकुरा(लोकल कुखुरा, बटाईको मासु, च्याउ,) आदि कुराहरु खान पाउनेछन् ।

कोरोना महामारीमा बेला बन्द रहेको होमस्टेलाई केही चलायमान बनाउन तथा बन्दिपुर घुम्ने चाहाना हुनेहरुका लागि सस्तोमा प्याकेज बनाएको होमस्टेकी सञ्चालिका गिता लम्सालले बताइन ।

के छ बन्दिपुरमा

पहाडको राजधानीको रुपमा रहेको बन्दिपुर परम्परागत छानाहरु, ढुङ्गाले छापिएको बाटोहरु, कलाकौशलता अनि सन्तुष्ट पर्यटकका मुस्कान भित्र मुस्कुराईरहेको बन्दिरपुर शहरको दृश्य देख्न पाईन्छ ।

नेवा सभ्यताको सग्राहलय बन्दिपुर तनहुँको पुरानो सदरमुकाम पनि हो । वरिपरिका गाउँ,हिमालयको फराकिलो दृश्य, त्यतिमात्र नभई फराकिलो क्षितिजमा फैलिएका फाँट तथा पहाड यस ठाउँबाट देख्न सकिन्छ ।

बन्दिपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरिलगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, लगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु हुन ।

कसरी जाने बन्दिपुर ?

बन्दिपुर जानको लागि तनँहुको डुम्रेबाट उकालो लाग्नु पर्दछ । दमौलीदेखि १८ किलोमिटर र डुम्रे देखि ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । बाटोमा देखिने मिलनसार समुदाय, हरीयाली अनि प्रकृतिको अद्भूत दृश्यहरुले बन्दिपुर पुगेको पत्तोनै हुदैन ।

Write your Comment


Related News
  • हानका निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन
  • Chitwan National Park
  • होटल व्यवसायी महासंघ नेपालका पूर्वसदस्य चन्द्र भुषालको कोरोनाका कारण निधन
  • Mumbai: The Gateway of India
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी