आज    |   

होटल व्यवसायी महासंघ नेपालका पूर्वसदस्य चन्द्र भुषालको कोरोनाका कारण निधन



होटल व्यवसायी महासंघ नेपालका पूर्वसदस्य चन्द्र भुषालको कोरोना सङ्क्रमणबाट निधन भएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ५ निवासी भुषालको उपचारका क्रममा बाँकेमा रहेको भेरी अस्पतालमा ज्यान गएको हो ।

श्वासप्रश्वासमा समस्या देखिपछि कात्तिक २९ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पिसिआर परिक्षण गराएका भुषालको ३० गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

घरमा नै होम आइसोलेसनमा रहेका भुषालाइ सास फेर्न गाह्रो भएपछि मंगलबार बिहान पुन  कोहलपुर स्थित मेडिकल कलेज लगिएकामा थप उपचारका लागि उनलाई साँझ नेपालगन्ज स्थित भेरी अस्पताल लगिएको थियो । तर अस्पतालमा भर्ना गर्ने क्रममै उनको निधन भएको थियो ।

भुषाल होटल व्यवसायी महासंघ नेपालका पूर्वसदस्य तथा होटल व्यवसायी संघ बाँकेका पुर्व उपाध्यक्ष हुनुहुन्छ ।

Write your Comment


Related News
  • हानका निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन
  • Chitwan National Park
  • ‘जाउँ घुम्न बन्दिपुर’ गरिमा होमस्टेमा ८ सय मै खान बस्ने सुविधा
  • Mumbai: The Gateway of India
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी