आज    |   

अन्तिम संघर्ष गदै पर्यटन मजदुर संघर्ष समिति, सामना गर्न टान र पर्यटन बोर्डलाई चेतावनी



कोभिड १९ का कारण रोजगारी गुमाएका पर्यटन मजदुरहरुले विभिन्न समयमा भएका सम्झौता अनुसार सरकारले मजदुरहरुलाई कुनै राहात उपलब्ध नगराए आफ्नो अधिकारको लागि अन्तिम संघर्ष गर्ने भन्दै टान र पर्यटन बोर्डलाई चेतावनी दिएका छन् ।

काठमाडौँमा दुई दिन देखि चलेको स्वतन्त्र मजदुरहरुको संगठन पर्यटन मजदुर संघर्ष समितिको बैठकले कोरोना भाइरसका कारण गरिएको लकडाउनका समयमा बेरोजगार भएका मजदुरहरुका लागि सरकारले कुनै राहात नल्याएको र मजदुरलाई पटक पटक राहात दिन्छु भन्दै पर्यटन बोर्डले झुक्काएकोले यस पटक पर्यटन मजदुरहरुले अन्तिम संघर्ष मार्फत अधिकार प्राप्त गर्ने संघर्ष समितिले जनाएको छ ।

बिगतका दिनमा अधिकार प्राप्तिको लागि पर्यटन मजदुर संघर्ष समितिले पटक पटक आन्दोलन पश्चात नेपाल टुरिजम बोर्डले कल्याणकारी कोष संञ्चालन समिति गठन गरी कामलाई तिब्रता दिएको भए पनि मजदुरहरुलाई के कसरी राहात महसुस गराउने भन्ने विषयमा पर्यटन मजदुर संघर्ष समितिले दुई दिन छलफल गरेको समितिका अध्यक्ष प्रकाश घायल राईले बताए । अध्यक्ष राईले नेपाल पर्यटन बोर्डले पर्यटन मजदुरहरुका लागि छिटो राहात उपलब्ध नगराए अधिकार प्राप्तिको लागि हतियार उठाउन बाध्य हुने भन्दै हिमाल आरोहिहरुलाई हतियार चलाउन सिकाइराख्नु नपर्ने बताए ।

संघर्ष समितिले आजै टान कार्यालयमा पुगी अध्यक्ष खुमबहादुर सुवेदीलाई अन्तिम पटक खबरदारी गरेको छ । अध्यक्ष सुवेदीले पर्यटन मजदुरका समस्या सामाधान गर्न केहि ढिलो भएकोमा मौखि माफि समेत मागेका संघर्ष समितिले जनाएको छ ।

कोरोना महामारीका कारण करिब ७ महिनादेखि बेरोजगार भएका मजदुरहरुले अहिले सम्म कुनै राहात पाउन सकेका छैन । स्वत स्फूर्त रुपमा आफ्ना माग प्रति एक जुट भई रोजगारी गुमाएका मजदुरहरुले राहातका लागि यस अघि  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्यटन बोर्ड, प्रभानमन्त्री कार्यालय, एनएमए लयातयका निकायहरुलाई राहातका लागि ज्ञापन पत्र बुझाएको र नेपाल पर्यटन बोर्ड मा ताला लगाएकाे भएपनि अहिले सम्म कुनै सुनुवाई हुन सकेको    छैन ।

Write your Comment


Related News
  • हानका निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन
  • Chitwan National Park
  • ‘जाउँ घुम्न बन्दिपुर’ गरिमा होमस्टेमा ८ सय मै खान बस्ने सुविधा
  • होटल व्यवसायी महासंघ नेपालका पूर्वसदस्य चन्द्र भुषालको कोरोनाका कारण निधन
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी