आज    |   

होटल तथा पर्यटन व्यवसायी संघ रौतहटको अध्यक्षमा अरुण लामा सर्वसम्मत निर्वाचित



होटल तथा पर्यटन व्यवसायी संघ रौतहटको अध्यक्षमा अरुण लामा सर्वसम्मत चयन हुनुभएको छ । संघको शनिवार रौतहटमा अवस्थित होटल आरोहिमा भएको विशेष साधारण सभाबाट अरुण लामा सर्वसम्मत चयन हुनुभएको हो । लामा रौतहटमा रहेको होटल आरोहिका सञ्चालक हुनुहुन्छ ।

यस्तै संघको उपाध्यक्षमा होटल हिमालयनका संञ्चालक सुरेन्द्र साह, सचिवमा होटल हाईवे हेवनका संञ्चालक मदन तिमल्सिना, कोषाध्यक्षमा होटल माउण्टेन यारिभा की सञ्चालिका बसन्ती चौधरी सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा होटल न्यू पशुपतीका शिव राम राउत, अमन होटलका मैनुद्दिन अन्सारी, गौतम होटल एण्ड रेष्ट्रोका राजिनन्द साह, नमस्ते फुडल्याण्डका आवरण न्याैपाने, होटल शुदर्शनका सुमन अधिकारी चयन हुनुभएको छ ।

Write your Comment


Related News
  • हानका निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन
  • Chitwan National Park
  • ‘जाउँ घुम्न बन्दिपुर’ गरिमा होमस्टेमा ८ सय मै खान बस्ने सुविधा
  • होटल व्यवसायी महासंघ नेपालका पूर्वसदस्य चन्द्र भुषालको कोरोनाका कारण निधन
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी