आज    |   

आन्तरिक पर्यटकले भरियो रसुवा, होटल व्यवसायी उत्साहित



कोभिड १९ का कारण करिब ७ महिनादेखि ठप्प रहेको रसुवाको पर्यटन व्यवसाय लयमा फर्कन थालेको छ । लामो समयदेखि सुनसान रहेको रसुवामा हिजो आज आन्तरिक पर्यटकको चहलपहल बाक्लो रुपमा देखिन थालेको छ ।

चैत ११ देखिको लकडाउन र निषेधाज्ञापछि आन्तरिक तथा बाह्य पर्यटक आवागमन शून्य रहेको रसुवामा दशैं पछि घुम्न आउने आन्तरिक पर्यटकको संख्या बृद्धिले होटल तथा पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन् ।

कोरोना महामारीका कारण करिब ७ महिनादेखि ठप्प रहेको होटल तथा पर्यटन व्यवसायलाई केही दिनदेखि घुम्न र बास बस्न आउने आन्तरिक पर्यटकको संख्याले व्यवसायीहरुलाई उत्साहित बनाएको होटल तथा पर्यटन व्यवसायी संघ रसुवाका अध्यक्ष निशान गजुरेलले बताउनुभयो ।

अध्यक्ष गजुरेलले लामो समय देखि व्यवसाय ठप्प हुँदा व्यवसायीमा निराशा उत्पन्न भएको थियो अहिले विस्तारै पर्यटकको आगमन बढ्ँदा व्यवसायी उत्साहित भएको बताउनुभयो । अहिले दैनिक ६० देखि ८० जना सम्म आन्तरिक पर्यटक र ३ देखि ४ जना वाह्य देशका पर्यटकहरु होटलमा बास बस्न आउने गरेको बताउदै अध्यक्ष गजुरेलले यो संख्या बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

धार्मिक, सास्कृतिक, प्राकृतिक, ऐतिहासिकस्थल लाङटाङ, गोसाइँकुण्ड, तामाङ सम्पदा मार्ग, रसुवागढी , नागथली लगायतका क्षेत्र हेर्न पर्यटक रसुवामा जाने गर्दछन् ।

Write your Comment


Related News
  • हानका निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन
  • Chitwan National Park
  • ‘जाउँ घुम्न बन्दिपुर’ गरिमा होमस्टेमा ८ सय मै खान बस्ने सुविधा
  • होटल व्यवसायी महासंघ नेपालका पूर्वसदस्य चन्द्र भुषालको कोरोनाका कारण निधन
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी