आज    |   

टान पोखराको अध्यक्षमा शुसिल पौडेल निर्विरोध निर्वाचित (कुन पदमा को हेर्नुहोस् )



ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराको अध्यक्षमा शुसिलराज पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

आज बुधबार सम्पन्न १७ औं अधिवेशन एवं २७ औं साधारसभाबाट शुसिलराज पौडेल निर्विरोध अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

त्यसै गरी प्रथम उपाध्यक्षमा धर्मराज पन्थी, द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद आचार्य, सचिवमा मिलन तिवारी निर्विरोध, सहसचिवमा रेशम अधिकारी कोषाध्यक्षमा किसम कुमारी गुरूङ, निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यहरूमा दिपक सापकोटा, अनिल थापा, महोन सुवेदी, गोपाल संगौला, लक्ष्मी कोइराला बिकास गुरुङ, निर्वाचित हुनुभएको छ ।

Write your Comment


Related News
  • हानका निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन
  • Chitwan National Park
  • ‘जाउँ घुम्न बन्दिपुर’ गरिमा होमस्टेमा ८ सय मै खान बस्ने सुविधा
  • होटल व्यवसायी महासंघ नेपालका पूर्वसदस्य चन्द्र भुषालको कोरोनाका कारण निधन
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी