ताजा समाचार

आज    |   

फेवातालको झल्को दिने दाङको जखेरा ताल, आन्तरिक पर्यटकको लागि उत्कृष्ट गन्तव्य (फोटो फिचर)



त्रिलोचन देवकोटा / दाङ
दाङको लमही नगरपालिका– ३ स्थित जखेरा ताल झट्ट हेदा पोखराको फेवाताल जस्तो देखिन्छ । वरिपरि चुरे पहाड देखिने वन तथा जङ्गल, दक्षिणतर्फ चिटिक्क परेको मुसुण्डी गाउँ र सोहि गाउँको छेउमा जखेरा तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ ।

७ बिगाहा क्षेत्रफलमा फैलिएको यस ताल वरिपरि वनजङ्गल रहेको छ । करिब ६ फिट गहिरो रहेको यस तालको उत्तरतर्फ गणेशको तथा पूर्वमा सिद्धेश्वर महादेवको मन्दिर रहेको छ । मन्दिर अवलोकन गर्न ढुङ्गा चढेर पुग्नु पर्दछ ।

यस क्षेत्र अवलोकनमा आउने पर्यटकहरुले आकर्षण वनभोज स्थल, जलविहार, प्राकृतिक पदयात्रा, चरा तथा अन्य जीवजन्तुको अवलोकन सजिलै गर्न सक्दछन ।  पर्यटकको आवागमन बढाउन ताल संरक्षण्को लागि हरेक वर्ष बजेट छुट्याएकोे बताउदै वडा अध्यक्ष बाबुराम चौधरीले  अब यस तालको प्रचारप्रसारको खाचो रहेको बताउनुभयो । उहाँले चुरे पहाडको बिचमा रहेको तालले आउने पर्यटकलाई आनन्द महसुस गराउने भएकाले यस ठाउँको प्रचारप्रसार लागि सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

आन्तरिक तथा विदेशी पर्यटकका लागि ट्रेकिङ्, धार्मिक पर्यटन लगायतमा रुचि राख्नेहरुका लागि यस ठाउँ उपयुक्त गन्तव्य भएको जखेरा धार्मिक संरक्षण समिति का अध्यक्ष राम प्रसाद उपाध्यायले बताउनुभयो ।

कसरी पुग्ने
जखेरा ताल पूर्व–पश्चिम राजमार्गको भालुवाङ–लमही खडकखण्डदेखि करिव डेढ किलोमिटर उत्तर चुरे पहाडको छेउमा रहेको छ । यदि श्रीगाउँ चोक देखि जानलाई १४०० मिटर उत्तर तर्फ जानुपर्दछ । भने लमही बजारदेखि यस ताल जानको लागि ६.५ किलोमिटर दूरि पार गर्नु पर्दछ । यस तालको आकर्षण प्राकृतिक सौन्दर्य, डुंगाविहार, जैविक विविधता रहेको छ ।

 

Write your Comment


Related News
  • विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन
  • दक्षिणपूर्वी एशियामा पर्यटन किन यति ढिला छ ?
  • पर्यटन उद्योगमा कोभिड १९ ले कति क्षति गर्‍यो ?
  • यि १० देशहरुमा क्वारेन्टाइन बिना भ्रमण गर्न सकिन्छ ? (भिडियोमा हेर्नुहोस्)
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी