ताजा समाचार

आज    |   

पर्यटन बोर्डका कर्मचारीमा कोरोना सङ्क्रमण, अनिश्चित कालका लागि बोर्ड शिल



कर्मचारीहरुमा कोभिड १९ (कोरोना भाइरस) को सङ्क्रमण देखिएपछि अनिश्चित कालका लागि नेपाल पर्यटन बोर्ड  शिल गरिएको छ ।

मंगलबार बोर्डको कर्पोरेट सभिसेस महाशाखाले एक सुचना निकालि ४ दिन सम्मका लागि ट्रेकिङ परमिट दिने बाहेकाका सबै काम अर्को सूचना जारी नभए सम्मको लागि शिल गरिएको जनाएको छ ।

सूचनामा असोज २५ र २६ गते नेपाल पर्यटन बोर्डका केहि कर्मचारीहरुमा कोभिड १९ पोजेटिभ देखिएको तथा अन्य कर्मचारीहरु संक्रिमित कर्मचारीहरुको प्रत्यक्ष सम्पर्कमा रहेको देखिएकाले कार्यालयको निर्मलिकरण तथा कोभिड १९ को परिक्षण गर्नाका लागि अर्को सूचना जारी नभएसम्म बोर्ड बाट हुन सक्को सम्भावित संक्रमणलाई रोक्न कार्यालयको भवनभित्र कुनै पनि भेटघाट तथा कार्याक्रम नगर्ने, नगराउने निर्णय गरिएको सूचनामा उल्लेख गरिएको छ ।

साथै असोज २८ गते देखि ४ दिन सम्मका लागि ट्रेकिङ परमिट दिने बाहेकाका सम्पूर्ण कार्य पूर्णरुपमा बन्द रहने जनाएको छ ।

 

Write your Comment


Related News
  • विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन
  • दक्षिणपूर्वी एशियामा पर्यटन किन यति ढिला छ ?
  • पर्यटन उद्योगमा कोभिड १९ ले कति क्षति गर्‍यो ?
  • यि १० देशहरुमा क्वारेन्टाइन बिना भ्रमण गर्न सकिन्छ ? (भिडियोमा हेर्नुहोस्)
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी