ताजा समाचार

आज    |   

३४ वर्षे लामो सेवाबाट पर्यटन सचिव अधिकारी निवृत्त



३४ वर्षे लामो सेवाबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी सेवा निवृत्त हुनुभएको छ ।

सेवामा रहदा जहिले पनि सुधारका काममा केन्द्रित रहने निजामती कर्मचारीका एक इमान्दार व्यक्तित्व केदारबहादुर अधिकारी ३४ वर्ष लामो सरकारी सेवाबाट बिहिबार अवकास पाउनुभएको छ ।

मन्त्रालयमा आयोजित एक कार्यक्रममा अधिकारीलाई पर्यटन मन्त्री योगेश भट्टराईले बिदाई गर्नुभयो ।

सेवामा रहदा अधिकारीले दूर्गम हुम्ला जिल्लादेखि केही अन्य जिल्ला र देशको केन्द्रीय राजधानीमा रहेर प्रधानमंत्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्रालय, तत्कालिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, उधोग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संचार तथा प्रविधि मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयमा रहेर सेवा गर्नुभएको थियो । यसका अलवा केही समय नेपाली राजदूतावास नयाँ दिल्लीमा पनि काम गर्नुभएको थियो ।

Write your Comment


Related News
  • विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन
  • दक्षिणपूर्वी एशियामा पर्यटन किन यति ढिला छ ?
  • पर्यटन उद्योगमा कोभिड १९ ले कति क्षति गर्‍यो ?
  • यि १० देशहरुमा क्वारेन्टाइन बिना भ्रमण गर्न सकिन्छ ? (भिडियोमा हेर्नुहोस्)
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी