ताजा समाचार

आज    |   

आओर टुरिजम न्युजको प्रबन्ध निर्देशकमा दिक्पाल शाही नियुक्त



टि.एम.एन मिडिया प्रा.लि द्धारा सञ्चालित आओर टुरिजम न्युज डटकमको प्रबन्ध निर्देशकमा सुर्खेतका समाजसेवी युवा दिक्पाल शाही नियुक्त भएका छन् । निर्देशकमा नियुक्त भएका शाही व्यवस्थापनमा स्नातक तथा १५ वर्ष देखि पर्यटन तथा होटल व्यवस्थापनमा क्रियाशील छन् ।

२०७३ सालमा कम्पनी रजिष्टार कार्यालय, आन्तरिक राजस्व कार्यालय, प्रेस काउन्सिल नेपाल र सूचना तथा प्रसारण विभाग मा दर्ता भई कीर्तिपुर २ काठमाडौंमा मुख्य कार्यालय रहेको यस मिडियाले सातै प्रदेशमा शाखा कार्यालय स्थापना गरेको छ । पर्यटन क्षेत्रमा लामो समय काम गरेका संचारकर्मीहरुद्धारा स्थापित नेपालकै एक विशुद्ध पर्यटन सम्वन्धी समाचारहरु प्रकाशन तथा प्रशारण यस मिडियाले गदै आएको छ ।

यस मिडियाले नेपाललाई विश्वसामु एक पर्यटकीय मुलुक हो भनेर चिनाउनको लागि समाजमा रहेका पुराताŒिवक, ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक, साहासिक र धार्मिक सम्पदाका बारेमा सत्य, तथ्य र समानताका साथ आम पाठकमाझ अंग्रेजी तथा नेपाली भाषमा आफ्नै अनलाईन तथा मासिक पत्रिका आओर टुरिजम न्युजबाट समाचार प्रकाशित गदै आइरहेको छ ।

शाहीको कार्याकालमा यस मिडियाले निरन्तर प्रगति गर्ने अपेक्षा गरेको छ ।

Write your Comment


Related News
  • विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन
  • दक्षिणपूर्वी एशियामा पर्यटन किन यति ढिला छ ?
  • पर्यटन उद्योगमा कोभिड १९ ले कति क्षति गर्‍यो ?
  • यि १० देशहरुमा क्वारेन्टाइन बिना भ्रमण गर्न सकिन्छ ? (भिडियोमा हेर्नुहोस्)
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी