ताजा समाचार

आज    |   

हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुने



हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदमा पेश गर्ने भएको छ ।बिहीबार मन्त्रालयमा बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन विदा दिने सम्बन्धमा कार्यदल बनाउने र उक्त कार्यदलले तयार पारेको प्रस्ताव बमोजिम मन्त्रिपरिषदमा पेश गर्ने निर्णय भएको छ ।

आन्तरिक पर्यटन प्रर्वद्धन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोईरालाको संयोजकत्वमा पर्यटन विभागकमा प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मी सदस्य रहेको एक समिति निर्माण गरेको छ ।

यस्तै समितिमा अर्थ, गृह र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सम्मिलीत टोलीले अध्ययन प्रस्ताब तयार गर्ने छ ।

Write your Comment


Related News
  • विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन
  • दक्षिणपूर्वी एशियामा पर्यटन किन यति ढिला छ ?
  • पर्यटन उद्योगमा कोभिड १९ ले कति क्षति गर्‍यो ?
  • यि १० देशहरुमा क्वारेन्टाइन बिना भ्रमण गर्न सकिन्छ ? (भिडियोमा हेर्नुहोस्)
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी