ताजा समाचार

आज    |   

रैथाने खानाको प्रवद्र्धन गदै असोज १ देखि प्रदेश दुईका सबै होटल खोल्ने होटल महासंघको निर्णय



होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश दुई ले असोज १ गते देखि प्रदेशमा रहेका सबै होटलहरु खोल्ने निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश महासंघको अनलाईन भर्चुअल बैठकले रैथाने खानाको प्रवद्र्धन गर्दै असोज १ गतेबाट सरकारले तोकेको मापदण्ड अनुसार प्रदेशमा रहेका सबै होटल खोल्ने निर्णय गरेको महासचिव मोहन शर्मा लामाीछानेले बताउनुभयो ।

महासचिव शर्माले कोरोना भाइरसबाट थलिएको होटल तथा पर्यटन व्यवसायलाई उकास्न प्रदेशमा रहेका होटल, रिसोर्ट, रेस्टुरेन्ट, गेस्ट हाउस, लज लगाएत पर्यटनसंग सम्वन्धीत ब्यवसायहरु संञ्चालन गर्न बाध्य भएको र प्रदेशमा रहेका स्थानीय पर्यटकीय स्थल, भेलेज टुरिजमको प्रबर्द्धन गदै स्थानीय रैथाने खानाहरुलाई राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा परिचित गराउदै लैजाने बैठकमा निर्णय भएको बताउनुभयो ।

साथै महासंघले कोभिड १९ का कारण होटल तथा पर्यटन व्यवसायीहरु पलायन तथा थला परेको अवस्थामा जिल्लामा रहेका होटल संघहरुको समन्वयनमा विभिन्न संघ संस्थाहरुसंग सहकार्य गरी कर्मचारीहरु र ब्यवस्थापकहरुलाई स्किल डिप्लोप्मेन्ट र ब्यवस्थापन तालिम संचालन गदै जाने निर्णय गरेको छ ।

Write your Comment


Related News
  • हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुने
  • ट्राभल एजेन्सी भन्दा सस्तोमा यती एयरलाइन्सले ल्यायो आन्तरिक घुमफिर प्याकेज, कहाँ जान कति शुल्क ?
  • साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध
  • होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी