आज    |   

पर्यटकीय स्थलहरुमा निशुल्क प्रवेशले घुम्न आउने पर्यटक बढे



कोभिड १९ का कारण बन्द गरिएको पर्यटन क्षेत्रहरु खुल्ला गरिएसंगै घुम्न आउने पर्यटको संख्यामा वृद्धि भएको छ । चीनको वुहान शहरको संस्कृति र पर्यटन विभागले जारी गरेको पछिल्लो तथ्याङक अनुसार, अगष्ट ७ देखि खुल्ला गरिएका २३ वटा ए स्तरिय पर्यटकीय स्थलहरुमा प्राकृतिक दृश्यहरु हेर्न आउने पर्यटकको संख्या ३४ प्रतिशलले वृद्धि भएको छ । पर्यटकीय स्थलहरुमा निशुल्क प्रवेशले प्रतिदिन औषत सन् २००९ को भन्दा ३४ प्रतिशतले वृद्धि भएको चाइना मीडिया ग्रुप, पेइचिंगले जनाएको छ ।

वुहान शहर कोरोना भाइरसको उत्पति भएको ठाउँ भए पनि अहिले त्यहाँको अवस्था पहिलेको जस्तो सामान्य जस्तै बन्दै गएको छ । यो ठाउँ प्राकृतिक र सांस्कृतिक पर्यटनको लागि विशेष ठाउँ हो । तर सन् २०२० को शुरुवातमा देखा परेको महामारीका कारण पर्यटन उद्योग अस्थायी रूपमा बन्द भएको थियो।

चिन सरकारले भाइरस नियन्त्रणका लागि विशेष भूमिका खेलेका कारण वुहानमा अगस्टबाट सुविधाजनक पर्यटन गतिविधिहरू सुरु भएको थियो ।

Write your Comment


Related News
  • सन् २०२१ आन्तरिक भ्रमण वर्ष -मन्त्री भट्टराई
  • गोरखामा होसानको तदर्थ समिति गठन, संयोजकमा मान बहादुर राना मगर गोरखामा होसानको तदर्थ समिति गठन, संयोजकमा मान बहादुर राना मगर
  • लमजुङमा होसानको तदर्थ समिति गठन, संयोजकमा भिमबहादुर दुरा
  • पोखरा पर्यटन परिषद्को अध्यक्षमा गोपीबहादुर भट्टराई निर्वाचित, यस्तो छ कार्यसमिति
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी