ताजा समाचार

आज    |   

सरकारलाई पर्यटन मजदुरको चेतावनी, माग पुरा नभए बहराइनका राजकुमारलाई हिमाल आरोहण गर्न नदिने



कोभिड १९ का कारण रोजगारी गुमाएका पर्यटन मजदुरहरुका लागि सरकारले कुनै राहातका प्याकेज नल्याएको भन्दै पर्यटन मजदुरहरु आन्दोलित भएका छन् । सरकारले चैत्र ११ गते देखि गरेको चार मैने लामो लकडाउन र हाल जारी भएको बन्दमा समेत कुनै राहात नपाएका मजदुरहरु यतिबेला भोक्ले मर्ने अवस्थामा पुगेका छन् ।

पर्यटन संघर्ष समितिले शनिबार एक प्रेस विज्ञप्ती जारी गदै नेपालमा घुम्न आउने पर्यटकको गाईड र भरियाको रुपमा काम गरि दैनिकी चलाएका मजदुरहरुलाई राहात नदिनु सरकारले मजदुरहरुको पेटमा लात हानेको पर्यटन मजदुर संघर्ष समितिका अध्यक्ष प्रकाश घायल राईले बताए ।

अध्यक्ष राईले कोभिडका कारण रोजगारी गुमाएका मजदुरहरुले राहातका लागि नेपालका पर्वतीय र पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्यटन बोर्ड, प्रभानमन्त्री कार्यालय, एनएमए लयातयका निकायहरुलाई राहातका लागि ज्ञापन पत्र बुझाएको भएपनि अहिले सम्म कुनै सुनुवाई नभएको कारण आफुहरुले बहराइनका राजकुमारलाई हिमाल आरोहण गर्न नदिने सम्मको आन्दोलन गर्ने बताए ।

प्रेस विज्ञप्तीमा भनिएको छ कोभिड १९ ले अहिले पर्यटन व्यवसायी मजदुरहरु ५, ६ महिना देखि काम बिना घर भित्र बस्नु परेको अवगतै छ, तसर्थ यो बेला नेपाल सरकार,नेपाल पर्यटन बोर्ड, टान लगायत सम्बन्धीत निकायहरुले पर्यटनको अभिन्न अङ्ग आम मजदुरहरु नबचाएमा पर्यटन क्षेत्र नबाच्ने हामिलाई अवगतै छ । तसर्थ आम मजदुरहरुलाई बचाउनु पर्ने दायित्व उहाँहरुकै हो र यसो भनिरहदा खेरी सम्बन्धीत निकायहरुले केही एजेन्डा नबनाएको र ल्याएको विषयहरु पनि आम मजदुरहरुको श्रम बेच्ने साथै बिभेदकारी ,नाताबाद, कृपाबादलाई ध्यानमा राखी गलत नियतले ल्याएकोमा आपत्ती जनाउदै पटक पटक शान्तिपूर्ण आन्दोलन लगायत सम्बन्धीत ,निकायहरुलाई पटक पटक खबरदारी गर्दागर्दै पनि पर्यटन मजदुरका माग प्रति चासो नदिएको प्रति आपक्ति जनाईएको उल्लेख छ ।

यस्तै नेपाल सरकार र सम्बन्धीत निकाएहरुको मिलेमतोमा आफ्नो कार्यकर्ता पाल्ने नियतले जुन खालको बेला झुक्काएर गरिरहेको कार्यहरु जस्तै चोयुको बाटो बनाउनमा लगानी गर्न लागेको तीन करोड बजेट यो बेला प्रभाबित मजदुरहरुलाई दिइनु पर्ने हाम्रो माग रहेको थियो भने अझै रहिरहनेछ, साथै मनस्लु हिमाल र लबुचे हिमाल आरोहणको निम्ति निश्चित कम्पनी संग समन्वय गरि त्यही कम्पनीको कामदारहरुले मात्र काम पाउनेछन भन्नेमा दुई मत छैन, तसर्थ यो नाताबाद कृपाबाद, भित्र रही बिभेद गर्ने कार्य योजनाहरु हाम्रो सङ्गठनको तर्फबाट र आम पर्यटन मजदुरहरुको तर्फबाट स्विकार नहुने विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा प्रभाभित पर्यटन मजदुरहरुलाई बेवास्ता गर्दै यहाँका मजदुरहरुलाई ब्यबस्था नगरी चोयु हिमालमा बाटो बनाएर आफ्नो कार्यकर्तालाई पोसाउने काम, र बहराइनका राजकुमारलाई मनास्लु हिमाल र लबुचे हिमाल आरोहण गराउने काममा लागेमा पर्यटन मजदुर संघर्ष समिती र पर्यटन सेवा समाज नेपाल, सङ्गठन TWSC भित्र रहेका आम पर्यटन मजदुरहरु एक्यवद्धता भई बृहत आन्दोलन बाट नै ती बिभेद पुर्न कामहरुलाई रोक्ने प्रतिबद्धता रहेको उल्लेख छ ।
साथै ती आन्दोलन बाट अशान्ती,असुरक्षा,र कुनै हानी भएमा, नेपाल सरकार,पर्यटन बोर्ड, पर्यटन मन्त्रालय र सम्बन्धीत निकायहरुले लिनु पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्ता छन् मागहरू
१. टिम्स पर्मिट,रेस्क्युको पैसा मजदुरहरुलाई दिइनु पर्ने ।
२. हिमालमा बाटो बनाउन छुटाएको ३ करोड रकम प्रभाबित मजदुरहरुलाई दिइनु पर्ने।
३. यो बर्ष मजदुरहरुको लाइसेन्स नविकरण र करहरुको पैसा छुट गर्नु पर्ने ।
४. मजदुरहरुको दीर्घकालीन जिबनयापनको लागि सकारात्मक र उचित एजेन्डा बनाइनु पर्ने ।

Write your Comment


Related News
  • हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुने
  • ट्राभल एजेन्सी भन्दा सस्तोमा यती एयरलाइन्सले ल्यायो आन्तरिक घुमफिर प्याकेज, कहाँ जान कति शुल्क ?
  • साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध
  • होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी