ताजा समाचार

आज    |   

पर्यटन बोर्डका सिइओ रेग्मीले निकाले विज्ञप्ती, पर्यटन व्यवासय र मजदुरलाई होच्चाउने, नकार्ने मेरो नियत थिएन



बीबीसीमा अभिव्यक्त गरेको विषयलाई लिएर विभिन्न पर्यटनसम्वद्ध एशोसियसन तथा सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरु प्रति नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा। धनञ्जय रेग्मीले गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

सोमबार प्रेस विज्ञप्ती जारी गदै सिइओ रेग्मीले बीबीसी रेडियोको बहस कार्यक्रममा आफुले अभिव्यक्त गरेको शब्द फरक तवरले बुझ्न गई यसबाट कसैलाई आघात पर्न गएको भएमा त्यसप्रति गहिरो दुख व्यक्र गर्नुभएको छ । रेग्मीले एउटा व्यक्तिले कुनै भाव र विचारका साथ प्रस्तुत गरेका विषयहरुलाई प्रस्तुतीको भाषा शैलीको कारण अर्को व्यक्तिले अर्कै भाव तथा अर्थले समेत बुझ्न सक्ने भएकोले बीबीसीमा अभिव्यक्त गरेको शब्द विचारलाई मेरो आधिकारिक विचार तथा मनशायका रुपमा लिइदिनु हुन सम्पूर्ण पर्यटन परिवारप्रति अनुरोध गर्नुभएको छ ।

यस्तै रेग्मीले अन्तर्वार्तामा पर्यटन क्षेत्र, पर्यटन व्यवसाय र पर्यटन मजदुरलाई होच्याउने, नकार्ने तथा अपहेलना गर्ने नियत नभएको र भविष्यमा पनि हुने छैन भन्दै झोलामा कम्पनी बोक्ने, घरपरिवारका व्यक्तिले कम्पनी चलाएर रोजगारी सृजना नगर्ने, कर नतिर्ने भन्ने सन्दर्भ प्रस्तुत गरेको तथा पर्यटन क्षेत्रमा अनाधिकृतरुपमा व्यवसाय सञ्चालन भईरहेकोले यस विषयलाई अन्तरर्वाताको क्रममा जोड दिन मात्र उक्त उद्धण व्यक्त गरेको बताउनुभएको छ ।

प्रेस विज्ञप्तीमा भनिएको छ मिति २०७७/ ५/ १२ गते बेलुका ९ः१५ मा बीबीसी रेडियोको बहस कार्यक्रममा मैले अभिव्यक्त गरेको विषयलाई लिएर विभिन्न पर्यटनसम्वद्ध एशोसियसन तथा सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरु प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । बीबीसीमा मैले दिएको अन्तर्वार्तामा पर्यटन क्षेत्र, पर्यटन व्यवसाय र पर्यटन मजदुरलाई होच्याउने, नकार्ने तथा अपहेलना गर्ने मेरो नियत थिएन, छैन र भविष्यमा पनि हुने छैन । साथै यस क्षेत्रले राज्यलाई प्रदान गरिरहेको आर्थिक योगदानलाई अबमुल्यन गर्ने पनि मेरो मनसाय नभएकोले मेरा भनाईहरुलाई निम्नानुसार स्पष्ट पार्न चाहान्छु ।

१.  कोरोना भाइरसबाट सुजित महामारीको कारणले पर्यटन उद्योग धरासायी बन्दै गएको परिस्थितिमा नेपाल सरकारको आब। २०७७ /७८ को बजेट तथा कार्यक्रम र नेपाल राष्ट्र बैंकको मौद्रिक नीति समेतमा नेपालको पर्यटन क्षेत्रलाई सम्बोध गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री श्री योगेश कुमार भट्टराईज्यूको नेतृत्व र श्रीमान सचिवज्यूको प्रयास सहित कार्यकारी प्रमुखको हैसियतमा मैले खेलेको भूमिका समग्र पर्यटन क्षेत्रले भुलेको छैन भन्ने विश्वास लिएको छु ।

२.  नेपाल सरकारले घोषण गरेको राहात प्याकेज मध्ये हिमाल तथा पहाडका जटिल भूगोलमा आफ्नो पसिना बगाउदै पर्यटकलाई डोर्याउदै नेपालको पर्यटन छविलाई उच्च पार्न अहोरात्र खट्नुभएका ती परिश्रमी मजदुर तथा कामदारहरुको निमित राहात प्याकेज सम्वन्धी उपयुक्त र व्यवहारीक मापदण्डसहितको कार्यविधि तयार गरी सकेसम्म चाँडो राहात प्रदान गर्नुपर्ने सम्वन्धमा नेपाल पर्यटन बोर्डको चासो समेत रहदै आएको छ । यसका लागि यथासिघ्र सम्वन्धीत सारोकारवालाहरु सँग समेत आवस्यक सहकार्य गर्न नेपाल पर्यटन बोर्ड तयार रहेको समेत जानकारी रहेको चाहान्छु ।

३.  म यस बोर्डको कार्यकारी प्रमुख हुनुभन्दा अघि पनि पर्यटन व्यवसायी रहेको कारण पर्यटन क्षेत्र, पर्यटन व्यवसाय र पर्यटन मजदुरहरु प्रति मेरो सधै उच्च सम्मान रहिआएको थियो, आज पनि त्यतिकै सम्मान गर्दछु र त्यो सम्मान भोलिका दिनमा पनि कायम रहने छ ।

४.  विषेश गरेर नेपालको पर्वतीय पर्यटनको क्षेत्र राज्यको नीतिनियम भन्दा बाहिर गएर अनाधिकृतरुपमा व्यवसाय गर्ने (Illegal Operators) हरुको लागि उर्वर थलो बन्न गएको छ । अर्कोतिर पर्वतिय पर्यटनको क्षेत्रमा हुने भ्रमणको चेन सप्लाईमा रहेका सेवा प्रदायकहरुबाट पर्यटकहरुलाई सेवा दिँदा हुने गरेका वास्तविक खर्चको कर कार्यालयले स्विकार गर्ने विलविजक समेत कतिपय अवस्थामा जाँरी नहुँदा राज्यको नीतिनियम भित्र रहेर व्यवसाय गर्ने व्यवसायीहरु मर्कामा परिहेका छन् र भएको वास्तविक खर्च समेत प्रमाण्ति गर्न नसक्ने अवस्थामा पुगेका छन् । यस्तो अवस्थामा पर्वतीय पर्यटन अस्वस्थ प्रतिष्पर्धाको क्षेत्रको रुपमा परिणत भैरहेको छ । यो अवस्था राज्य र व्यवसायी दुबैको लागि अप्रीय छ । यसै सन्दर्भमा मैले बीबीसी रेडियोको अन्तरर्वातामा झोलामा कम्पनी बोक्ने, घरपरिवारका व्यक्तिले कम्पनी चलाएर रोजगारी सृजना नगर्ने, कर नतिर्ने भन्ने सन्दर्भ प्रस्तुत गरेको हुँ । पर्यटन क्षेत्रमा अनाधिकृतरुपमा व्यवसाय सञ्चालन भईरहेको छ र यस विषयलाई मैले पनि अन्तरर्वाताको क्रममा जोड दिन मात्र उक्त उद्धण व्यक्त गरेको हुँ ।

५.  निजी तथा सार्वजनिक साझेदारी अन्तर्गत रहेको पर्यटन क्षेत्रको प्रवद्र्धन तथा विकासमा प्रमुख भूमिका खेल्ने संस्थको प्रमुख रहेको जो कोहि व्यक्तिले पर्यटन क्षेत्रको महत्वमा आघात पर्ने कुनै पनि कुरा बोल्न त के सोच्न समेत नसक्ने विषय हो भन्ने कुरा म प्रष्ट पार्न चाहान्छु । तथापि मैले बीबीसी रेडियोमा प्रस्तुत गरेको विषय तथा सन्दर्भ कुनै तवरबाट पर्यटनक्षेत्रलाई होच्याउने वा यसको गरिमाको मर्दन गर्न बोलेको हैन भन्ने तथ्यलाई पुन दोहोर्याउन चाहान्छु । मैले बीबीसी रेडियोमा भनेका विषयहरुले गर्दा मैले माथि उल्लेख गरेको आसय भन्दा फरक तवरले बुझ्न गई यसबाट कसैलाई आघात पर्न गएको भएमा त्यसप्रति गहिरो दुख व्यक्र गर्दछु । कतिपय अवस्थामा एउटा व्यक्तिले कुनै भाव र विचारका साथ प्रस्तुत गरेका विषयहरुलाई प्रस्तुतीको भाषा शैलीको कारण अर्को व्यक्तिले अर्कै भाव तथा अर्थले समेत बुझ्न सक्ने भएकोले मैले माथि उल्लेखितरुपमा प्रस्तुत गरेका तथ्य विचारलाई मेरो आधिकारिक विचार तथा मनशायका रुपमा लिइदिनु हुन सम्पूर्ण पर्यटन परिवारप्रति हार्दिक अनुरोध गर्दछु ।

Write your Comment


Related News
  • हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुने
  • ट्राभल एजेन्सी भन्दा सस्तोमा यती एयरलाइन्सले ल्यायो आन्तरिक घुमफिर प्याकेज, कहाँ जान कति शुल्क ?
  • साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध
  • होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी