ताजा समाचार

आज    |   

व्यवसायी र श्रमिक वर्गको आत्मामा चोट पुर्‍याउने शब्द बोल्नु आफैमा दुखत : सचिव सापकोटा



ट्रेकिङ एजेन्सिज् एसोसियसन नेपाल पश्चिमाञ्चल (टान) का सचिव जिबनराज सापकोटाले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले शुक्रबार साझ बीबीसीमा दिईएको अन्तरर्वातामा व्यवसायी र श्रमिक वर्गलाई नै आत्मामा चोट पुर्‍याउने शब्द बोल्नु आफैमा दुखत भएको बताउनुभएको छ ।

यस्तो बोलेका थिए डा. धनञ्जय रेग्मीले

आईतबार सामाजिक सञ्जाल मार्फत आफ्नो भनाई राख्दै सचिव सापकोटाले यो बेला व्यवसायी र श्रमिक वर्गलाई यसै क्षेत्रमा टिकाई राख्न महत्वपुर्ण भुमिका नेपाल पर्यटन वोर्ड ले खेल्नुपर्छ जुन काममा हाल सम्म पनि पर्यटन वोर्ड ठोस कार्यक्रमका साथ अगाडी वढन नसकेको बताउनुभएको छ ।

उनले भनेका छन् ‘नेपालको समग्र पर्यटन व्यवसायको एक जिम्मेबार पदमा आशिन व्यक्तिले व्यवसायी र श्रमिक वर्गलाई नै आत्मामा चोट पुर्याउने गरी तथा यस्तो बिषम परिस्थितीमा व्यवसायीलाई नैरास्यता बढाउने गरी बीबीसी नेपाली सेवा जस्तो संचार माध्यमवाट बिचार प्रस्तुत हुनु आफैमा दुखत छ । यो बेला व्यवसायी र श्रमिक वर्गलाई यसै क्षेत्रमा टिकाई राख्न महत्वपुर्ण भुमिका नेपाल पर्यटन वोर्ड ले खेल्नुपर्छ जुन काममा हाल सम्म पनि पर्यटन वोर्ड ठोस कार्यक्रमका साथ अगाडी वढन सकेको छैन । पर्यटन वोर्ड जस्तो गरिमामय संस्थाले सवैलाई आशावादी बनाउने हो, हिजो विभिन्न शिर्षकमा उठाईएका शुल्कहरुको सहि सदुपयोग गर्दै यस क्षेत्रवाट नै विस्थापित हुन लागेका व्यवसायी र श्रमिकलाई संरक्षित गर्ने हो । ‘

Write your Comment


Related News
  • हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुने
  • ट्राभल एजेन्सी भन्दा सस्तोमा यती एयरलाइन्सले ल्यायो आन्तरिक घुमफिर प्याकेज, कहाँ जान कति शुल्क ?
  • साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध
  • होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी