ताजा समाचार

आज    |   

जारी भयो एशियाका उत्कृष्ट गन्तव्यहरूको सूची, नेपाल पर्‍यो कि परेन !



विश्व प्रसिद्ध ट्राभल वेवसाइट कम्पनी ट्रिप एडभाइजरले एशियाका २५ उत्कृष्ट लोकप्रिय गन्तव्यहरूको सूची सार्वजनिक गरेको छ । सन् २०१९ मा भ्रमणा गरेका पर्यटकहरूको रोजाइका आधारमा २५ उत्कृष्ट लोकप्रिय गन्तव्यहरूको छनोट गरिएको हो ।

पर्यटकको छनोटको आधारमा एशियाको लोकप्रिय गन्तव्यको पहिलो नम्बरमा इन्डोनेशियाको बाली रहेको छ । विदेशी पर्यटकहरूको रोजाइमा नेपालको राजधानी काठमाडौँ १३ औँ नम्बरमा रहेको छ ।

नेपाल घुम्न आएका पर्यटकहरूले काठमाडौँ उपत्यकामा रहेका पुरातात्तिक मन्दिरहरू, तीर्थक्षेत्रहरू र रमणीय डाँडाकाडाले घेरीएको उपत्यका मन पराएका छन् । उनिहरूले मौलिक तथा कलात्मक दरबार स्क्वायर, ठमेल बजार र छोटो दुरिको ट्रेकिङ मनपराएका छन् । यस बाहेक नेपालका अन्य कुनै पनि पर्यटकीय गन्तव्यहरू पर्यटकको लोकप्रियतामा परेका छैनन् ।

२५ उत्कृष्ट लोकप्रिय गन्तव्यहरू

 

१. इन्डोनेशियाको बाली

२. थाईल्याण्डको फुकेट

३. गोवा, भारत

४. बैंकक, थाईल्याण्ड

५. हनोई, भियतनाम

६. होई अन, भियतनाम

७. सिएम रीप, कम्बोडिया

८. टोकियाे, जापान

९. क्योटो, जापान

१०. चियांग माई, थाईलेण्ड

११. दा नाङ, भियतनाम

१२. बेजिङ, चीन

१३. काठमाडाैँ, नेपाल

१४. जयपुर, भारत

१५. नयाँ दिल्ली, भारत

१६. लोम्बोक, वेस्ट नुसा तेङरा

१७. हो ची मिन्ह सिटी, भियतनाम

१८. हंकङ,चीन

१९. क्रबी टाउन, थाइल्यान्ड

२०. पन्या आइस्ल्याड, भिसास

२१. बोफुट, थाईल्याण्ड

२२. संघाई, चीन

२३. सिंगापुर, सिंगापुर

२४. सियोल, दक्षिण कोरिया

२५. ताइपे, ताइवान

Write your Comment


Related News
  • हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुने
  • ट्राभल एजेन्सी भन्दा सस्तोमा यती एयरलाइन्सले ल्यायो आन्तरिक घुमफिर प्याकेज, कहाँ जान कति शुल्क ?
  • साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध
  • होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी