ताजा समाचार

आज    |   

होटल आइसोलेसन संञ्चालन कार्यविधी निर्माणमा होटल तथा पर्यटन व्यावसायी संघको सुझाव



नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गए पछि होटल तथा पर्यटन व्यवसायी संघ बाराले संक्रमित व्यक्तिलाई सुरक्ष्ति राख्न होटलका लागि कार्यविधि बनाएको छ ।

सरकालले चैत्र ११ गते देखि लगाएको लकडाउन अन्त्य भएपनि स्थानीय र जिल्ला प्रशासनले लकडाउन र निषेधाज्ञा जारी गरे पछि बाराका होटल व्यवसायीहरुले होटललाई नै कोरोना संक्रमितको उपचार गर्ने आइसोलेसन बनाउने निर्णय गरेका हुन ।

सरकारले पूर्ण रुपमा होटल ब्यवसाय संचालन गर्न नदिनु र जिल्लामा संक्रमितको संख्या बढेर सरकारी आइसोलेसन भरीभराउ हुन थालेपछि होटल व्यवसायीहरुले आ–आफ्नो होटललाई नै आइसोलेसन बनाउन थालेको होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले बताउनुभयो । अध्यक्ष शर्माले कोरोना भाइरसका कारण होटल व्यवसाय धरासायी बनेपछि होटल आईसोलेसन संचालन कार्यविधी निर्माण गरी जिवन धान्न बाध्य हुनुपरेको बताउनुभयो ।

होटल तथा पर्यटन व्यावसायी संघको सुझाव

१. होटल आइसोलेसन संचालनको अधिकारिक जिम्मा स्थानिय पालिकाहरु, जिल्ला प्रशासन कार्यलय, जिल्ला जन स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय र होटल तथा पर्यटन व्यावसायी संघ सम्मिलित एउटा होटल आइसोलेसन संचालन समिती निर्माण गरिनु पर्ने ।

२. होटल आइसोलेसन संचालन समितीलाई होटल आइसोलेसन संचालन गर्न आबस्यक पर्ने आर्थिक ब्यबस्था स्थानिय पालिकाहरुले ब्यबस्थापन गर्नु पर्ने छ ।

३. आइसोलेसनको लागि लिईने होटलको अभिलेख र सम्झौता ूसमिति र सम्बन्धित होटल मालिकले एक एक प्रति सुरक्षित राख्नु पर्ने ।

४. होटल आइसोलेसनमा बस्ने सेवा ग्राहीहरु संग समितिले स्वीकृत गरेको शुल्क समितिलेनै आबश्यक मापदण्ड पूरा गरि लिने छ ।

५. संबन्धित होटल मालिक संग समितिले आपसी समझदारिमा कोरोनाको प्रभाव रहि होटल आइसोलेसनको आबस्यक्ता रहिरहने अबस्था सम्मको लागि मासिक भाडा तय गर्ने छ ।

६. होटल आइसोलेसनको आम्दानी र खर्च पारदर्शी तरिकाले मासिक रुपमा समितिले सार्वजानिक गरि सम्वन्धित निकायमा बुझाउने छ ।

७. कोरोनाको प्रभाव सकिएपछी सम्वन्धित होटल लाई भुक्तानी बांकी बक्यौता भए भुक्तानी गरि, आबश्यक स्वास्थ्य सुरक्षा विधि पुरागरी सम्झौता रद्द गरिनु पर्नेछ ।

Write your Comment


Related News
  • हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुने
  • ट्राभल एजेन्सी भन्दा सस्तोमा यती एयरलाइन्सले ल्यायो आन्तरिक घुमफिर प्याकेज, कहाँ जान कति शुल्क ?
  • साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध
  • होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी