ताजा समाचार

आज    |   

सरकारले सिटी टुर गाईडहरुलाई उपेक्षा गरेको भन्दै एसोशिएसनले बुझायो पयर्टन मन्त्रीलाई ज्ञापनपत्र



पोखरा सिटी टुर गाईड एसोशिएसनले कोभिड १९ का कारण प्रभावित भएका पर्यटक गाईडहरुलाई उपेक्षा गरेको भन्दै पर्यटन मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

सोमबार पोखरा सिटी टुर गाईड एसोशिएसनले कोभिड १९ (नोबेल कोरोना भाइरस) महामारीको कारण पर्यटन क्षेत्रमा कार्यरत सिटी टुरगाईडहरु बिस्थापित हुने अवस्थामा पनि राज्य तथा सम्बन्धित निकायले कुनै पनि राहत उपलब्ध नगराई उपेक्षित गरेको भन्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साललाई ज्ञापन पत्र बुझाएको छ ।

एसोशिएसनका अध्यक्ष कृष्ण भारतीको नेतृत्वमा गएको टोलीले उक्त ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा भनिएको छ ‘कोभिड १९ को विश्वब्यापी महामारीका कारण समग्र पर्यटन उद्योग नै थला परेको अबस्थामा पोखरा सिटी टुर गाइडहरु पनि पूर्णरुपमा बेरोजगार छन् । पर्यटन क्षेत्रकै पनि होटल, रेष्टुरेण्ट, पदयात्रा तथा पर्वतारोहण क्षेत्रका गाईडहरु तथा मजदुरहरुलाई धेरथोर मात्रामा भएपनि सरकारी तथा पेशागत संघ-संस्थाहरुबाट राहात प्याकेजहरु आएको भए पनि सिटी टुर गाइडहरुलाई भने पूर्ण रुपमा उपेक्षा गरेको र यस कारणले सिटी टुर गाइडहरुको अबस्था दयनीय बन्दै गएको तथा पेशावाटै विस्तापित हुने क्रम बढ्दै जाने उल्लेख छ ।’

ज्ञापनपत्र मा रोजगारीको अबस्था पुरानै लयमा फर्किन्जेल सम्म दैनिकी सञ्चालन तथा जीवनयापन सहज बनाउनका लागि आर्थिक राहत प्याकेजको माग गिरएको छ ।

मंगलबार नै एसोशिएसनले नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारी, पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिबी पोखरेल र नेपाल एसोशिएसन अफ टुर एण्ड टाभल एजेन्टस् (नाट्टा), गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष हरिराम अधिकारीलाई सिटी टुरगाईडहरुलाई बिस्थापित हुनबाट बचाइराख्न पहलगरिदिन ज्ञापनपत्र बुभफाएको अध्यक्ष कृष्ण भारतीले बताउनुभयो ।

Write your Comment


Related News
  • हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुने
  • ट्राभल एजेन्सी भन्दा सस्तोमा यती एयरलाइन्सले ल्यायो आन्तरिक घुमफिर प्याकेज, कहाँ जान कति शुल्क ?
  • साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध
  • होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी