ताजा समाचार

आज    |   

बाँकेका २१ संघसंस्थाले गरे लकडाउन अवधि भरको भाडा छुट गर्ने घरधनीलाई सम्मान



बाँकेमा लकडाउन अवधि भरको घरभाडा छुट गर्ने १ सय ५१ घरधनीहरूलाई सम्मान गरिएको छ ।

सोमबार नेपालगञ्जमा २१ वटा विभिन्न बस्तुगत ब्याबसायी संघ संगठनहरुको संयुक्त आयोजनामा कोरोना भाइरस (कोभिड–१९) को महामारीको समयमा घरभाडा छुट दिने १५१ जना घरधनीलाई सम्मान गरेकाे हो ।

सरकारले कोरोना भाइरस संक्रमण फैलिन नदिन चैत ११ देखि गरेको लकडाउनको समयमा भाडामा व्यापार व्यवसाय गर्ने होटल तथा अन्य व्यवसायी प्रभावित भएको भन्दै व्यवसायीले व्यापार व्यवसाय नचलेको समयमा घरभाडा तिर्न समस्या भएको भन्दै भाडा छुटको माग गरेका थिए ।

बाँकेका १५१ घरधनीले भने भाडामा व्यवसाय गर्ने व्यवसायीलाई लकडाउन अवधिभरको ४ महिना,३ महिना,२ महिना र १ महिनाको घरभाडा पूर्ण छुट देखि स्थिती सहज नहुन्जेल सम्म ५० प्रतिशत छुट दिएका छन् ।

चार महिनाको पूर्ण छुट दिने घरधनीहरुमा भागीराम बौरेल, सुवर्ण शाही, शंकरलाल गुवाजु, डा.श्याम सुन्दर यादव, चेत बहादुर बस्नेत रहेका छन् भने ३,२,१ महिना देखि सहज परिस्थिती नहुदा सम्म १०० प्रतिशत, ७५ प्रतिशत र ५० प्रतिशत छुट दिने रहेका छन् ।

सोही कार्यक्रममा बोल्दै प्रदेश ५ का सासंद सुरेन्द्र हमालले कोरोना भाइरसका कारण बन्द भएका उद्दोग, होटल तथा अन्य व्यापार तथा व्यवसायहरु चलाउन कठिन भएको अवस्थामा घरधनीहरुले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गदै आफ्नो घरमा व्यापार व्यवसाय गरेका व्यवसायीहरुलाई आफूले पनि छुट दिएको बताउनुभयो ।

प्रदेश ५ का अर्का सासंद मो.याकुव अन्सारीले जति घरधनीले छुट दिएका छन् त्यति सरकारले छुट दिन नसकेको बताउनुभयो । उहाँले कोभिडका कारण एक ठाउँबाट अर्को ठाउँमा गाडि चल्न नसक्ने र व्यापर व्यवसाय गर्न कठिन भएका व्यवसायीलाई सरकारले कर तिर्न लगाउनु उचित नभएको बताउनुभयो ।

यस्तै नेपाल उद्योग वाण्ज्यि महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले कोरोना भाइरसले सबैभन्दा बढि निजि क्षेत्रका उद्योगी, होटल तथा पर्यटन व्यवासयीहरु मारमा परेको भए पनि केहि हद सम्म व्यवसायीका समस्याहरु मौद्रिक नीतिले समाधान गरेको बताउनुभयो ।

होटल व्यवसायी महासंघ प्रदेश ५ का अध्यक्ष भाष्कर काफ्ले ले विसम परिस्थितिमा पनि नेपालगञ्जको उद्योग व्यवसायलाई बचाई राख्न घरधनिहरुले खेल्नुभएको भूमिका प्रति आभार व्यक्त गदै भोलिका दिनमा पनि साथ दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कडेलले करोना भाइरसले गर्दा व्यवसायीले लगानी गरेको भन्दा पनि धेरै भाडा तिर्नु पर्ने अवस्था सृर्जना भए पछि केहि व्यवसायी पलायन भएका र हुने क्रमलाई रोक्न घरधनीहरुले दिनुभएको छुट प्रति आभार प्रर्कट गर्नुभयो ।

संयुक्त वस्तुगत व्यवसायी समन्वय समितिका संयोजक शिव प्रसाद दाहालले कोभिड १९ ले व्यवसायी क्षेत्रमा परेको प्रभावले व्यवसायीलाई नै पलाईन गर्ने हुदा त्यसलाई रोक्न घरधनीहरुले सकेको सहयोग गर्नुभएकोमा सम्मान व्यक्त गर्नुभयो ।

कार्यक्रम सरकारले तोकेको मापदण्ड बमोजिम दुरी कायम गरी सञ्चालन गरिएको थियो ।

Write your Comment


Related News
  • के तपाई घुम्न जादै हुनुहुन्छ ? यस्तो छ आजको मौसम ?
  • सुरक्षा सावधानी अपनाई होमस्टे सञ्चालन गर्न होसानको आग्रह सुरक्षा सावधानी अपनाई होमस्टे सञ्चालन गर्न होसानको आग्रह
  • पर्यटन व्यवसायीले मागे विद्युत् महशुलमा ५० प्रतिशत छुट
  • होटल व्यवसायीलाई सुरक्षा विधि अपनाई सेवा संचालन गर्न होटल तथा पर्यटन ब्यबसायी महासंघ प्रदेश २ को अनुरोध
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी