ताजा समाचार

आज    |   

सुरक्षा सावधानी अपनाई होमस्टे सञ्चालन गर्न होसानको आग्रह



सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गरेको लकडाउन हटाएपछि होमस्टे व्यवसाय साउन १५ देखि सुचारु हुने अपेक्षा सहित होमस्टे (घरबास) एशोसियसन नेपाल (होसान) ले आफ्ना सदस्यहरुलाई पूर्व तयारीमा जुट्न आग्रह गरेको छ । होसानका तर्फबाट अध्यक्ष केशब प्रसाद बडालले आईतबार एक विज्ञप्ति जारी गरी त्यस्तो आग्रह गर्नु भएको हो ।

विज्ञप्तिमा भनिएको छ– हाल विश्वभर महामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरस को प्रकोप जोखिम न्यूनिकरण गर्न नेपाल सरकारले मिति २०७६ चैत्र देखि जारी गरेको लकडाउन २०७७ श्रावण ६ गतेबाट खुल्ला गरी पर्यटकीय सेवाका व्यवसायहरुलाई २०७७ श्रावण १५ गते देखि आवश्यक सर्तकता अपनाई सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गरी व्यवसाय संञ्चालन गर्न अनुमति प्राप्त भएको हुदा यस विद्यमान अवस्थामा नेपाल राज्यभर संञ्चालित सामुदायिक तथा निजि होमस्टेहरु मार्फत पर्यटकीय सेवा प्रदान गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले उच्च सर्तकता अपनाई नेपाल सरकारले जारी गरेको सुरक्षा मापदण्डमा रहि भिडभाड नहुनेगरी आआफ्नो होमस्टे व्यवसाय २०७७ श्रावण १५ गतेबाट पुन सुचारु गर्नुहुन ध्यानाकर्षण गराएको छ ।

यसैगरी यस संकटको घडिमा सरकारले जारी गरेको लकडाउनको पूर्ण पालना गरी सहयोग पुर्याउनुहुने सम्पूर्ण होमस्टहरु प्रति आभार व्यक्त गदै आगामी दिनहरुमा पनि आफू र आफ्नो परिवार सुरक्षित रहि समुदायलाई समेत सुरक्षित गराउँनुहुन होसानले अनुरोध गरेको छ ।

होसानले आ.व ०७६ /०७७ को आबद्धता तथा नविकरण शुल्क को समयावधि ०७७ असोज मसान्त सम्म थप्दै ५० प्रतिशत छुट गरेको जनाएको छ ।

Write your Comment


Related News
  • के तपाई घुम्न जादै हुनुहुन्छ ? यस्तो छ आजको मौसम ?
  • बाँकेका २१ संघसंस्थाले गरे लकडाउन अवधि भरको भाडा छुट गर्ने घरधनीलाई सम्मान
  • पर्यटन व्यवसायीले मागे विद्युत् महशुलमा ५० प्रतिशत छुट
  • होटल व्यवसायीलाई सुरक्षा विधि अपनाई सेवा संचालन गर्न होटल तथा पर्यटन ब्यबसायी महासंघ प्रदेश २ को अनुरोध
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी