ताजा समाचार

आज    |   

पर्यटन व्यवसायीले मागे विद्युत् महशुलमा ५० प्रतिशत छुट



पर्यटन व्यवसायीहरुले विद्युत् महशुलमा बन्दाबन्दी शुरु भएको मितिदेखि कम्तीमा दुई वर्षसम्म व्यवसायीलाई ५० प्रतिशत छुट दिन उर्जामन्त्रीसँग माग गरेका  छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई शुक्रबार साँझ भेट गरी पर्यटन व्यवसायीहरुले यस्तो माग गरेका हुन् ।

व्यवसायीले पर्यटन व्यवसाय बन्द रहेको अवस्थामा डिमाण्ड शुल्कबवापत विद्युत् प्राधिरणलाई तिदै आएको रकम मिनाहा गर्न समेत माग गरेका छन् ।

उर्जामन्त्रीसँगको भेटमा ठमेल पर्यटन विकास परिषद्, ट्रेकिङ एजेन्सिज एशेसिएशन अफ नेपाल (टान), नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा), नेपाल पर्वतारोहण सङ्घ (एनएमए), होटल एशोसिएशन अफ नेपाल (हान), टुरिष्ट बस एशोसिएन अफ नेपाल (टिवान), नेपाल एशोसिएएन अफ रयाफ्टिङ एजेन्सिज (नारा), गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ), नेपाल कैलाश यात्रा सङ्घ लगायत संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Write your Comment


Related News
  • दक्षिणपूर्वी एशियामा पर्यटन किन यति ढिला छ ?
  • पर्यटन उद्योगमा कोभिड १९ ले कति क्षति गर्‍यो ?
  • यि १० देशहरुमा क्वारेन्टाइन बिना भ्रमण गर्न सकिन्छ ? (भिडियोमा हेर्नुहोस्)
  •  विदेशी पर्यटकलाई नेपाल आउन खुला
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी