आज    |   

होटल व्यवसायीलाई सुरक्षा विधि अपनाई सेवा संचालन गर्न होटल तथा पर्यटन ब्यबसायी महासंघ प्रदेश २ को अनुरोध



होटल तथा पर्यटन ब्यबसायी महासंघ प्रदेश २ मातहतका सदस्य व्यवसायीहरुलाई सुरक्षा विधि अपनाई सेवा संचालन गर्न आग्रह गरेको छ ।

महासंघका तर्फबाट महासचिव मोहन शर्मा लामिछाने एक विज्ञप्ति जारी गरी गदै सरकारले लकडाउन अन्तयको घोषणा गरेसँगै होटल व्यवसाय पनि विस्तारै संञ्चालनमा आउने भएकाले सुरक्षाको विधि अपनाई व्यवसाय सञ्चालन गर्न अनुरोध गर्नुभएको हो ।

विज्ञप्तिमा भनिएको छ प्रदेश २ का विभिन्न ८ जिल्लामा होटल तथा पर्यटन संघ सम्वन्धीत ब्यवसाय गर्ने ब्यवसायीहरुले लगडाउन खुले पनि आफ्नो ,आफ्नो कर्मचारी र आफ्ना ग्राहकको सुरक्षाका लागि अपनाउदै आउनु भयका सुरक्षा प्रोटोकल लाई यथावत राख्दै महासंघको अर्को सुचना जारी नभए सम्म सुरक्षाका प्रबिधि अपनाउदै ब्यवसाय संचालन एवंम सुचारु गर्नु हुन हार्दिकअनुरोध गरिएको छ ।

सुरक्षाका प्रबिधि यसरी अवनाउने

१. तापक्रम मापन गर्न थर्मल गन प्रयोग गर्ने र थर्मल गनले रातो देखए चेक ईन नगर्ने ।
२. स्टापहरुलाई अनिवार्य मास्क ।
३. ग्राहक बसेर गए पछी कोठा disinfectant spray गर्न सोडियम हाइड्रो क्लोराइड १० ML + १ लिटर पानी मिलाएर प्रयोग गरौँ (डाइनिङ टेबल कुर्सी,रिसेपसन,किचन पुच्न पनि प्रयोग गर्न सकिन्छ । note:मिक्स गरेको पानीलाई खुल्ला र घाममा नराख्ने )।
४. रिसेप्सन र लवि एरिया disinfectant स्प्रे गर्ने ।
५. सोसिएल डिस्टान्स अनिबार्य लागु गर्ने ।

Write your Comment


Related News
  • सन् २०२१ आन्तरिक भ्रमण वर्ष -मन्त्री भट्टराई
  • गोरखामा होसानको तदर्थ समिति गठन, संयोजकमा मान बहादुर राना मगर गोरखामा होसानको तदर्थ समिति गठन, संयोजकमा मान बहादुर राना मगर
  • लमजुङमा होसानको तदर्थ समिति गठन, संयोजकमा भिमबहादुर दुरा
  • पोखरा पर्यटन परिषद्को अध्यक्षमा गोपीबहादुर भट्टराई निर्वाचित, यस्तो छ कार्यसमिति
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी