आज    |   

नेपालमा लकडाउन हट्यो, होटल तथा पर्यटन क्षेत्र साउन १५ देखि सञ्चालन गर्ने निर्णय



सरकारले कोरोना भाइरस रोक्न चैत्र ११ देखि गरेको लकडाउन बुधबार रातिदेखि लागू हुने गरी हटाएको छ ।

झण्डै चार महिनापछि कोभिड १९ को संक्रमण रोक्न गरेको बन्दाबन्दी बुधबार रातिदेखि लागू हुने गरी अन्त्य गरेको सरकारका प्रवक्ता,अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो ।

खतिवडाले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गदै पर्यटन क्षेत्रका लागि सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको मापदण्डबमोजिम हुने गरी आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक तथा अन्य उडान भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेको बताउनुभयो ।

यस्तै सामूहिक भोज पार्टी, सेमिनार, वा अन्य सामूहिक भेलाबाहेक होटल, रेष्टुरेन्ट तथा ट्रेकिङ, ट्राभल र पर्वतारोहणका गतिविधि साउन १५ देखि सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ ।

सरकारले धार्मिक पर्यटकीय स्थल तथा सङ्ग्रहालय, चिडियाखाना अर्को सूचना जारी नभएसम्मका लागि सञ्चालन गर्न नपाइने बताएको छ ।

यस्तै सरकारले अन्तराष्ट्रिय सीमा आवागमन साउन ३२ गते सम्म रोक लगाउदै अन्तर्राष्ट्रिय सिमानाबाट नेपाल प्रवेशमा लगाएको रोक कायमै राखेको छ ।

Write your Comment


Related News
  • सन् २०२१ आन्तरिक भ्रमण वर्ष -मन्त्री भट्टराई
  • गोरखामा होसानको तदर्थ समिति गठन, संयोजकमा मान बहादुर राना मगर गोरखामा होसानको तदर्थ समिति गठन, संयोजकमा मान बहादुर राना मगर
  • लमजुङमा होसानको तदर्थ समिति गठन, संयोजकमा भिमबहादुर दुरा
  • पोखरा पर्यटन परिषद्को अध्यक्षमा गोपीबहादुर भट्टराई निर्वाचित, यस्तो छ कार्यसमिति
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी