ताजा समाचार

आज    |   

कोभिड १९ ले ‘अतिथि देवो भव’ मा पारेको असर 



बिश्वभरी महामारीको रुपमा फैलिएका कोभिड १९ अथार्त कोरना भाईरसका कारण बिश्व आक्रात बनिरहेको अवस्थामा नेपाल अछुतो रहन सकेन ।

पर्यटन क्षेत्रमा आशा र विश्वासकासाथ ठूला लगानी भित्रिने क्रमले गति लिदै गर्दा छिमेकी देश चीनबाट फैलिएको कोरोना भाइरसले पर्यटक लक्षित प्याराग्लाइडिङ साईकिलिङ, म्याराथुन, स्काई डाइभिङ, होटल लज, रेस्टुरेन्टका साथै ट्राभल एजेन्सी, हवाई, सडक र यातायात नराम्रो संग प्रभावित हुन पुग्यो ।

जसरी एउटा बलियो धर निर्माणका लागी ढँुगा पानी र सिमेन्टको महत्वपपुर्ण स्थान रहन्छ तेसैगरी पर्यटन बिकासका लागी आवश्यक पर्ने पुर्वाधार वाटो र होटल ब्यावसायको अति महत्वपुर्ण हुनेमा दुईमत छैन ।

नेपालको अर्थतन्त्र निर्माणका आधारहरु धेरै भएपनि मुलत जलस्रोत कृर्षि र पर्यटन मुख्य नै हो । जसमा स्वाधिन अर्थतन्त्रमा  प्रत्यश्र स्थान होटल ब्याबसायको नै हुन्छ र राष्ट्रको अर्थतन्त्र लाई दिगो सवल र सक्षम वनाउनका लागि होटल ब्यावसायको महत्वपुर्ण भुमिका रहन्छ, जसले गर्दा आर्थिक उन्नति, राष्टिय आय करको बृद्धि, बिदेशी मुद्धा आर्जन देखि वेरोजगारी समस्या समधान हुनमा बिषेश भूमिका होटल ब्यावसायले नै खेलेका हुन्छ ।

होटल, रिसोर्ट लजका साथै अथिति देव भवले गर्दा पर्यटन ब्यवसायले देशको अर्थतन्त्र मजवुद वनाइ देश बिकासमा महत्वपुर्ण टेवा पुग्दछ त्यसैले पर्यटन ब्यावसायको मुटु होटल हो । त्यसैले आर्थिक उन्नतिको मुलमार्ग पर्यटन ब्यावसाय नै हो ।

देशको प्राकृतिक, साँस्कृतिक, नैतिक आध्यात्मीकका साथै भौतिकताको कुशल कार्यसम्पादन बाट पर्यटन क्षेत्रमा आमूल परिवर्तन भई आर्थिक उन्नति राष्ट्यि आय करको वृद्धि बिदेशी मुद्धा आर्जनदेखि देशको वेरोजगारी समस्या समधानहुनमा बिषेश भुमिका होटल ब्यावसायको नै हुन्छ ।

नेपालमा आउने पर्यटकहरुको मानस पटलमा रहेको कोरनाको भुत अथार्त नकारात्मक सोंचलाई जरैदेखी उखेली ट्राभल कम्पनि  टेकि«ङ्क एजेन्सिका साथै होटल ब्यावसायलाई प्रत्यक्ष सरोकार राख्ने निकायहरु सर्किय हुन जरुरी छ ।

Write your Comment


Related News
  • के तपाई घुम्न जादै हुनुहुन्छ ? यस्तो छ आजको मौसम ?
  • बाँकेका २१ संघसंस्थाले गरे लकडाउन अवधि भरको भाडा छुट गर्ने घरधनीलाई सम्मान
  • सुरक्षा सावधानी अपनाई होमस्टे सञ्चालन गर्न होसानको आग्रह सुरक्षा सावधानी अपनाई होमस्टे सञ्चालन गर्न होसानको आग्रह
  • पर्यटन व्यवसायीले मागे विद्युत् महशुलमा ५० प्रतिशत छुट
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी