ताजा समाचार

आज    |   

नारायणहिटी दरबार संग्रहालयमा हिटलरको कार प्रदर्शनमा राख्ने तयारी



नारायणहिटी दरबार संग्रहालयले संग्रहालयभित्र हिटलरको गाडी रङ्गरोगन शुरु गरेको छ। नारायणहिटी संग्रहालय खुलेलगत्तै सर्वसाधारणले अवलोकन गर्न मिल्नेगरी हिटलरको कार रङ्गरोगन सुरु गरिएको  हो ।

लामो समयदेखि देखाउने तयारी गरेपनि विभिन्न कारणले रोकिएको हिटलरले उपहार दिएको कार बल्ल रङरोगन गरेको हो । करिब पाँच लाख रुपियाँ खर्च गरी कार मर्मत र रङ्गरोगन गरिएको हो।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले संग्रहालयमा वर्षौं पुरानो सो कार मर्मत गरी प्रदर्शनीमा राख्ने तयारी भएको बताएउनुभयाे।

संग्रहालयमा बेलायती महारानीले उपहार दिएको बग्गी, राजा वीरेन्द्र, दीपेन्द्र, ऐश्वर्य, श्रुति र निराजनले प्रयोग गरेका पुराना सवारी साधन प्रदर्शनीमा राख्ने तयारी भैरहेको छ।  ईश्वरराज ढकालले आजको समाचारपत्र दैनिकमा लेखेका छन्।

Write your Comment


Related News
  • के तपाई घुम्न जादै हुनुहुन्छ ? यस्तो छ आजको मौसम ?
  • बाँकेका २१ संघसंस्थाले गरे लकडाउन अवधि भरको भाडा छुट गर्ने घरधनीलाई सम्मान
  • सुरक्षा सावधानी अपनाई होमस्टे सञ्चालन गर्न होसानको आग्रह सुरक्षा सावधानी अपनाई होमस्टे सञ्चालन गर्न होसानको आग्रह
  • पर्यटन व्यवसायीले मागे विद्युत् महशुलमा ५० प्रतिशत छुट
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी