ताजा समाचार

आज    |   

मौद्रिक नीतिबाट होटल तथा पर्यटन व्यवसायीलाई राहात, कर्जाको व्याज तथा किस्ता एक वर्ष ढिलो तिरे हुने



नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रहरुलाई ६ महिनादेखि एक वर्ष सम्मका लागि कर्जाको सावाँ र ब्याज तिर्ने अवधि थप गरेको गरेको छ ।

नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार आर्थिक वर्ष २०७७र०७८ को मौद्रिक नीति जारी गर्दै कोरोना अति प्रभावित क्षेत्रलाई कर्जाको व्याज तथा किस्ता एक वर्ष ढिलो तिरे हुने बताउनुभयो ।

अधिकारीले मौद्रिक नीतिमार्फत् गरिएको व्यवस्थाअनुसार कर्जा चुक्ता गर्न २०७७ असार मसान्तसम्मको अवधि रहेकामा त्यसको म्याद सामान्य प्रभाव परेको क्षेत्रका लागि २०७७ पुस मसान्त, मध्यम प्रभाव परेका क्षेत्रका लागि २०७७ चैत मसान्त र अति प्रभावित क्षेत्रका लागि २०७८ असार मसान्तसम्म र कोभिड बाट पूनरस्थापित हुन समय लाग्ने पयर्टन क्षेत्र लगायतका अति प्रवाभित क्षेत्रका लागि आवश्यकता अनुसार थप समय प्रदान गर्ने बताउनुभयो ।

मौद्रिक नीतिको पूर्ण पाठ हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।

Write your Comment


Related News
  • के तपाई घुम्न जादै हुनुहुन्छ ? यस्तो छ आजको मौसम ?
  • बाँकेका २१ संघसंस्थाले गरे लकडाउन अवधि भरको भाडा छुट गर्ने घरधनीलाई सम्मान
  • सुरक्षा सावधानी अपनाई होमस्टे सञ्चालन गर्न होसानको आग्रह सुरक्षा सावधानी अपनाई होमस्टे सञ्चालन गर्न होसानको आग्रह
  • पर्यटन व्यवसायीले मागे विद्युत् महशुलमा ५० प्रतिशत छुट
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी