ताजा समाचार

आज    |   

वायुसेवा कम्पनीहरुलाई पार्किङ र भाडामा ७५ प्रतिशत छुट दिने सरकारको निर्णय



लकडाउनका कारण उडान बन्द भएका वायुसेवा कम्पनीहरुलाई सरकारले पार्किङ र भाडामा ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले लकडाउनका कारण उडान बन्द भएका व्यवसायिक तथा मनोरञ्जनात्मक उडान भर्ने वायुसेवा कम्पनीहरुलाई ७५ प्रतिशत छुट दिने निर्णय गरेको हो ।यो छुट चैत १ गतेदेखि लागु हुने गरी लकडाउन खुलेको १ महिनासम्मको लागि लागु हुनेछ ।

आन्तरिक एवं अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र कम्पनीले भाडामा लिएका पसलहरुको भाडा चैत १ गतेदेखि लकडाउन खुलेको मितिले १ महिनासम्म कोठा वा कवलको बहालमा र बहालकरमा ७५ प्रतिशका दरले छुट दिने निर्णय गरेको छ ।

यस्तै वायुसेवा कम्पनीहरुले बुझाउनुपर्ने शुल्कहरु २०२० डिसम्बर ३१ सम्म समयावधि बढाएको छ । र वायुसेवा सञ्चालन अनुमतिपत्र दस्तुरमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

वायुसेवा कम्पनीहरुले नियमित रुपमा बुझाउनुपर्ने शुल्कहरु भुक्तानी अवधि समेत बढाइएको छ । जसअनुसार त्यस्तो शुल्क २०२० को डिसम्बर ३१ सम्म भुक्तानी गर्ने समयावधि दिइएको छ । त्यस्तै, वायुसेवाको सञ्चालन अनुमतिपत्र दस्तुर र उडान योग्यता प्रमाणपत्र दस्तुरमा ५० प्रतिशत छुट दिने समेत निर्णय गरेको छ ।

Write your Comment


Related News
  • दक्षिणपूर्वी एशियामा पर्यटन किन यति ढिला छ ?
  • पर्यटन उद्योगमा कोभिड १९ ले कति क्षति गर्‍यो ?
  • यि १० देशहरुमा क्वारेन्टाइन बिना भ्रमण गर्न सकिन्छ ? (भिडियोमा हेर्नुहोस्)
  •  विदेशी पर्यटकलाई नेपाल आउन खुला
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी