ताजा समाचार

आज    |   

लकडाउनको समयमा झरना हेर्नेको भिड लागे पछि साउन १५ सम्म रोक



लकडाउनको समयमा पोखरा महानगरपालिका–२८ माझठाना का झरना हेर्न आन्तरिक पर्यटको भिड लागे पछि झरना हेर्न रोक लगाईएको छ ।

विश्वव्यापी महामारिका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि लगाईएको लकडाउन खुल्ला नभईसकेको अवस्थामा पोखराको रोला र ढोडेनी झरना हेर्नेको संख्या दिनानुदिन बढिरहेको अवस्थालाई दृष्टिगत गरी सम्भाव्य कोरोना जोखिमलाई मध्यनजर गर्दै आगामी साउन १५ गतेसम्मका लागि पर्यटक आउन रोक लगाइएको हो ।

रोलखोला, निलीरह पर्यटन पूर्वाधार विकास समितिको आयोजनामा जनप्रतिनिधिसहित झरनामा क्यानोनिङ सञ्चालन गर्दै आएको ट्रिप लङ पाक्स गानयोन ट्रिक्स प्रालिसहितको बैठकले पर्यटक आउन रोक लगाइएको हो । ।

झरनामा क्यानोनिङ, स्नान र दृश्यावलोकन गर्न आउनेको संख्या बढदै जाँदा भौतिक दूरी कायम गर्न कठिनाई हुने हुर्दा केही समयका लागि बन्द गरिएको पर्यटन पूर्वाधार विकास समितिका अध्यक्ष भोजराज भुर्तेलले जानकारी दिए ।

यस ठाउँमा रोलाखोला झरना ६५ मिटर उचाइको छ भने ढोडेनीखोला झरना ५० मिटर उचाइमा छ ।

Write your Comment


Related News
  • के तपाई घुम्न जादै हुनुहुन्छ ? यस्तो छ आजको मौसम ?
  • बाँकेका २१ संघसंस्थाले गरे लकडाउन अवधि भरको भाडा छुट गर्ने घरधनीलाई सम्मान
  • सुरक्षा सावधानी अपनाई होमस्टे सञ्चालन गर्न होसानको आग्रह सुरक्षा सावधानी अपनाई होमस्टे सञ्चालन गर्न होसानको आग्रह
  • पर्यटन व्यवसायीले मागे विद्युत् महशुलमा ५० प्रतिशत छुट
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी