ताजा समाचार

आज    |   

आजको मौसम : यी प्रदेशहरुमा भारी बर्षाको सम्भावना



जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबारबारको मौसम पूर्वानुमान जारी गरेको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल नेपालभर मनसुनी वायु को प्रभाव छ ।

साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग बाट केहि दक्षिण तिर सरेको छ। देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको पूर्वानुमानमा उल्लेख छ ।

दिउँसो देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती देशभर देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश , कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै, राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाले प्रदेश १, प्रदेश ५, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एकरदुई स्थानहरुमा भारी वर्षा हुनसक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Write your Comment


Related News
  • के तपाई घुम्न जादै हुनुहुन्छ ? यस्तो छ आजको मौसम ?
  • बाँकेका २१ संघसंस्थाले गरे लकडाउन अवधि भरको भाडा छुट गर्ने घरधनीलाई सम्मान
  • सुरक्षा सावधानी अपनाई होमस्टे सञ्चालन गर्न होसानको आग्रह सुरक्षा सावधानी अपनाई होमस्टे सञ्चालन गर्न होसानको आग्रह
  • पर्यटन व्यवसायीले मागे विद्युत् महशुलमा ५० प्रतिशत छुट
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी