ताजा समाचार

आज    |   

लकडाउनमा झ्यालबाट खिचेका तस्वीरहरु सार्वजनिक, यस्ता छन् ५ उत्कृष्ट तस्वीर



rolwaling-himal-range-with-kathmandu-valley, captured by Samde Sherpa

लकडाउनका बेला झ्यालबाट खिचेका ५ तस्वीरहरु सार्वजनिक गरिएको छ । नेपाल पर्यटन बोडले लकडाउनका बेला आफ्नो ठाउँलाई चिनाउन प्रचार गर्ने उद्देश्यका साथ गरिएको प्रतियोगिताका उत्कृष्ट ५ तस्वीर सार्वजनिक गरेको हो ।

बोर्डले लकडाउनका बेला घर बसाइको समयलाई सृजनात्मक बनाउन आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ झ्यालबाट खिचिएका तस्वीरहरु मागेको थियो ।

सोहीअनुसार सार्वसाधारणबाट तस्वीर माग गरिएको मा ७ सय भन्दा बढी व्यक्तिले फोटो पठाएका थिए । त्यसबाट उत्कृष्ट ५ तस्वीर छनोट गरि सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।

वरिष्ठ फोटोपत्रकार नरेन्द्र श्रेष्ठको निर्णायक भूमिकामा उत्कृष्ट ५ तस्वीर खिच्ने प्रबिन श्रेष्ठ, उमेश स्थापित, सुशील पौडेल, साम्दे शेर्पा र कमल कँडेलका तस्वीर छनोट भएका हुन ।

उत्कृष्ट पाँचमा छनोट भएका फोटोग्राफरहरुलाई १० हजार नगद पुरस्कार प्रदान गरिने बोर्डले जनाएको छ ।

serene, captured by Susil Paudel

the-serenity-from-the-window, captured by Kamal Kandel

khasti-chaitya-boudha, captured by Umesh Sthapit

nepali-conversation, captured by Prabin Shrestha

Write your Comment


Related News
  • के तपाई घुम्न जादै हुनुहुन्छ ? यस्तो छ आजको मौसम ?
  • बाँकेका २१ संघसंस्थाले गरे लकडाउन अवधि भरको भाडा छुट गर्ने घरधनीलाई सम्मान
  • सुरक्षा सावधानी अपनाई होमस्टे सञ्चालन गर्न होसानको आग्रह सुरक्षा सावधानी अपनाई होमस्टे सञ्चालन गर्न होसानको आग्रह
  • पर्यटन व्यवसायीले मागे विद्युत् महशुलमा ५० प्रतिशत छुट
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी