ताजा समाचार

आज    |   

होटल व्यवसायीलाई सहुलियत दिन बागमती प्रदेशका १३ जिल्लाले बुझाए सिडियोलाई ज्ञापनपत्र



बागमती प्रदेशका १३ वटा जिल्लाका होटल व्यवसायीहरुले कोभिड १९ का कारण बन्द रहेका होटल व्यवसायीलाई सहुलियत दिन सिडियोलाई ज्ञापनपत्र बुझाएका  छन् ।

सरकारले आफ्ना मागहरु पूरा नगरेको भन्दै होटल व्यवसायी महासंघले ७७ वटै जिल्ला र ७ प्रदेशमा सरकारको ध्यानाकर्षण गराउने उदेश्यले आईतबार बागमती प्रदेशका १३ वटा जिल्लाका होटल व्यवसायीहरुले एकै साथ प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन ।

लकडाउन अवधिभरको घरभाडा छुट र बैकको कर्जा भुक्तानीको समयावधी बढाने माग सहित ज्ञापनपत्र बुझाएको होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष सन्तोष उप्रेतिले बताउनुभयो । अध्यक्ष उप्रेतिले लकडाउनका कारण तिन महिना देखि पुर्ण रुपमा बन्द रहेका होटल अहिले खोल्ने अबस्था नरहेको भन्दै सरकारले व्यवसायीलाई राहात पुग्ने खालका कार्यक्रम नल्याए नेपालभर रहेका सबै होटलहरुको साँचो सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाउने बताउनुभयो ।

यस्तै बागमती प्रदेशका कोषाध्यक्ष रमेश बरालले लकडाउन अवधिभरको समयमा बन्द रहेका होटलहरुले घरभाडा तिर्न र होटलमा रहेका कर्मचारीलाई व्यवस्थापन गर्न असहज भएको कारणले सरकारले सहुलियत दिनुपर्ने बताउनुभयो । बरालले कोरोना भाइरसका कारण सबैभन्दा बढि होटल व्यवसायी प्रभावित भएको भन्दै सरकारले अहिलेसम्मव्यवसायीलाई कुनै सहुलिएत नदिएको कारण प्रमुख जिल्ला अधिकारी मार्फत बागमती प्रदेशका १३ वटै जिल्लामा रहेका होटल व्यवसायीले एकै पल्ट ध्यानाकर्षण गराएको बताउनुभयो ।

होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशका १३ जिल्लामा करिब ३० हजार होटलहरु आवद्ध छन् ।

Write your Comment


Related News
  • के तपाई घुम्न जादै हुनुहुन्छ ? यस्तो छ आजको मौसम ?
  • बाँकेका २१ संघसंस्थाले गरे लकडाउन अवधि भरको भाडा छुट गर्ने घरधनीलाई सम्मान
  • सुरक्षा सावधानी अपनाई होमस्टे सञ्चालन गर्न होसानको आग्रह सुरक्षा सावधानी अपनाई होमस्टे सञ्चालन गर्न होसानको आग्रह
  • पर्यटन व्यवसायीले मागे विद्युत् महशुलमा ५० प्रतिशत छुट
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी