ताजा समाचार

आज    |   

पर्यटन संघसंस्थाको दम्भ र सरकारको लाचारीपनले पर्यटन मजदुर, गाइड तथा आरोहीहरु आन्दोलित



कोभिड १९ का कारण शून्यमा झरेको नेपालको पर्यटन र पर्यटन क्षेत्रमा काम गर्ने मजदुरहरुका लागि सरकारले कुनैपनि राहात प्याकेज नल्याएको भन्दै पर्यटन क्षेत्रमा काम गर्ने मजदुर, गाइड तथा आरोहीहरु आन्दोलित भएका छन् ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण पर्यटन क्षेत्र लगभग अन्तिम अवस्थामा पुगेको र त्यस क्षेत्रमा काम गर्ने मजदुर, गाइड तथा आरोहीहरु को अवस्था झन जटिल बन्दै गएको बेला पर्यटन क्षेत्रसंग सम्वन्धीत संघसंस्थाको दम्भ र सरकारको लाचारीपनले पर्यटन मजदुरहरु आन्दोलित बन्न पुगेको संघर्ष समिति का संयोजक प्रकाश घायल राईले बताए ।

राईले कोभिड १९ का कारण पर्यटन क्षेत्र ठप्प हुनुले त्यस क्षेत्रसंग आश्रित ट्रेकिङ तथा पर्वतारोहण क्षेत्रमा काम गर्ने गाइड तथा पोर्टरहरुको दैनिकी कस्टकर हुदै जाँदा पनि पर्यटन क्षेत्रका संघसंस्थाले प्रभावकारी भूमिका खोल्न नसक्नु र सरकाले पनि गाइड तथा पोर्टरहरुलाई राहातका प्याकेजहरु दिन नसक्नुले आन्दोलित बनाएको बताए ।

पर्यटन क्षेत्रका संघसंस्थाको दम्भका कारण आज यो अवस्था

मजदुर, गाइड तथा आरोहीहरुका संघसंस्थाहरुले मजदुरका लागि सरकारसंग पहलकदमि नचाल्दा भोकभोकै बस्नुपर्ने सृर्जना भएको छ । कोभिड १९ का कारण नेपालमा पर्यटक तत्काल आउने अवस्था नरहेकोले पर्यटन क्षेत्रमा काम गर्ने मजदुरहरु त्यतिबेला सम्म बेरोजगार हुने भएकाले संघसंस्थाको पहलमा मजदुरका लागि राहात प्याकेज ल्याउनु पर्ने भए पनि त्यो नभएको राईले बताए ।

राईले टुरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टुर्गान), ट्रेकिङ्ग गाइड एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ (एनएमए) मा पटक पटक मजदुर, गाइड तथा आरोहीहरुका समस्या समाधान गर्न ज्ञापन पत्र बुझाएको भए पनि त्यसको जवाफ अहिलेसम्म नआएको बताए ।

पर्यटन क्षेत्रका संघसंस्थाको दम्भका कारण पर्यटन मजदुरहरुले प्रकाश घायल राईको संयोजकत्वमा लाक्पा सोनाम शेर्पा सहसंयोजक, ङवाङ छोङ्वा शेर्पा महासचिव, आङदोर्जी शेर्पा सचिव र ङवाङ पासाङ शेर्पा कोषाध्यक्ष रहेको संघर्ष समिति बनाएको बताउदै राईले यो समिति मजदुरहरुको माग पूरा गराउनको लागि मात्र नभई अन्य संघसंस्थाहरु निष्क्रिय हुदै गए पछि यसलाई बैधानिक रुपमा पर्यटन मजदुरहरुको हकहितको लागि काम गर्ने संस्था बनाउने बताए ।

संघर्ष समितिले हालसम्म विभिन्न संघसंस्थालाई ज्ञापन पत्र, सडक आन्दोलन, असार १७ गते १२ बुँदे मागसहित नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) डा. धनञ्जय रेग्मीलाई ज्ञापन पत्र बुझाएको छ । भने असार २२ गते माग पुरा गराउन सरकारलाई सडकबाट दबाब दिदै छ ।

Write your Comment


Related News
  • के तपाई घुम्न जादै हुनुहुन्छ ? यस्तो छ आजको मौसम ?
  • बाँकेका २१ संघसंस्थाले गरे लकडाउन अवधि भरको भाडा छुट गर्ने घरधनीलाई सम्मान
  • सुरक्षा सावधानी अपनाई होमस्टे सञ्चालन गर्न होसानको आग्रह सुरक्षा सावधानी अपनाई होमस्टे सञ्चालन गर्न होसानको आग्रह
  • पर्यटन व्यवसायीले मागे विद्युत् महशुलमा ५० प्रतिशत छुट
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी