ताजा समाचार

आज    |   

अब होटलमा किस गर्न, अंगालो मार्न र हात मिलाउन नपाईने, यस्तो छ पर्यटन क्षेत्र सञ्चालन गाइडलाइन ?



कोभिड १९ ले बिगत लामो समयदेखि बन्द रेहोको नेपालको पर्यटन क्षेत्रलाई सरकारले सुरक्षित तवले खोल्न ‘कोभिड–१९ अपरेसनल गाइडलाइन विथ हेल्थ प्रोटोकल फर टुरिजम सेक्टर’ सार्वजनिक गरेको छ ।

नेपाल पर्यटन बोर्डले सबै पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवाला संघ संस्थाहरुसँगको परामर्शमा तयार पारेको गाइडलाइन सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सार्वजनिक गर्नुभएको छ ।

गाइडलाइनमा कोभिड १९ फैलन नदिन पर्यटन क्षेत्रलाई खोल्दा के कस्ता स्वास्थ्य सुरक्षा सम्बन्धी उपायहरु अपनाउने भन्ने बिस्तृतमा उल्लेख छ ।

गाइडलाइनमा होटल क्षेत्र

गाइडलाइन होटल क्षेत्रका लागि होटलहरुमा प्रवेश गर्ने बेलामा सुरक्षित कपडा लगाएका व्यक्तिले पाहुना, कर्मचारी तथा जो सुकैको ज्वरो नाप्ने, ठूला होटलहरुले पाहुना, कर्मचारी तथा लगेजका लागि स्यानिटाइजर टनेल बनाउनु पर्ने, मास्क अनिवार्य रुपमा लगाउनु पर्ने, पाहुनाको ३० दिनको यात्रा इतिहास र अर्को गन्तव्यको बारेमा जानकारी लिनु पर्ने उल्लेख गरिएको छ । यस्तै होटलमा किस गर्ने, अंगालो मार्ने तथा हात मिलाउने कार्य पाहुनासँग र कर्मचारीहरु आफैबीच पनि गर्न पाउने छैनन् ।

खाना खाना जाँदा रेष्टुरेन्ट पस्ने ठाउँमै हातलाई डिस्इन्फेक्ट गर्नुपर्ने उल्लेख छ । त्यसैगरी खाना बस्दा दश स्क्वेर मिटरको क्षेत्रमा सकेसम्म चार जना मात्र बस्ने व्यवस्था होटल व्यवस्थापनले मिलाउनु पर्नेछ । एक कुर्चीबाट अर्को कुर्चीको दुरी कम्तीमा एक मिटरको हुनुपर्ने, टेवलपोस र बस्ने स्थान सफा गर्न लेदर तथा प्लाष्टिक राख्नुपर्नेछ ।

यस्तै पाहुन चेक आउट भएपछि डीप क्लिनिंग गर्ने र २४ घण्टा कोठा बन्द राख्नुपर्ने छ । होटलले केही कोठालाई आइसोलेसन रुमको रुपमा राख्नु पर्ने र आशंकित संक्रमितलाई गएपछि पुरै स्यानिटाइज गरेपछि ७५ घण्टासम्म खाली राख्नु पर्ने पनि उल्लेख छ ।

गाइडलाइन पूरा हेर्न यहाँ क्लिक गर्नुहोस्

 

Write your Comment


Related News
  • बाँकेका तिन वटै होटल व्यवसायीले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  • नेपालमा आईतबार २ सय ९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ७ सय ८४
  • पर्यटन संघसंस्थाको दम्भ र सरकारको लाचारीपनले पर्यटन मजदुर, गाइड तथा आरोहीहरु आन्दोलित
  • नेपालमा आज ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार २ सय ५९ पुग्यो
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी