आज    |   

ट्रेकिङ गाईडले पाउने भए क्रेडिट कार्ड, सुविधा १ लाख ८० हजार



ट्रेकिङ गाईडलाई क्रेडिट कार्ड सुविधा उपलब्ध गराउन टान र माछापुच्छ्रे बैंक बीच ११ बुँदे सम्झौता भएको छ । सोमबार ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र माछापुच्छ्रे बैंक बिच ट्रेकिङ गाईडहरुलाई क्रेडिट कार्ड सुविधा उपलब्ध गराउने सम्बन्धमा दुईपक्षीय समझदारी भएको हो ।

उक्त समझदारीपत्रमा माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक सर्जु कुमार थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदीले हस्ताक्षर गर्नुभएको हाे ।

विश्वयापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) भाइरसको कारण पर्यटन क्षेत्र र मजदुरहरुमा पर्न गएको नकारात्मक प्रभावलाई मध्यनजर राख्दै टानको पहलमा आफ्ना सदस्य कम्पनीहरुमा कार्यरत ट्रेकिङ गाईडहरुलाई सहजिकरण गर्न माछापुच्छ्रे बैंकसंग समझदारी गरेको हो ।

बैंक र टानबीच टानका सदस्य कम्पनीमा कार्यरत ट्रेकिङ गाईडहरुलाई मासिक १५००० देखि अधिकतम १८०००० सम्मको सिमा सहितको क्रेडिट कार्ड उपलब्ध गराईउने सम्झौता भएको हाे । सो सिमा आंशिक रुपमा ९०००० गरी दुई वटा चरणमा प्रत्येक अर्ध वार्षिक समयावधिमा प्रदान गरिनेछ । ट्रेकिङ गाईडहरुले Minimum Amount Due (MAD) मासिक ५ /५ को दरले एक बर्षसम्म भुक्तानी गर्नुपर्ने छ ।

क्रेडिट कार्ड सुविधा उपभोग गर्नका लागी आवेदकको उमेर न्यूनतम २१ बर्ष र अथिकतम ६५ बर्ष हुनुपर्दछ र ट्रेकिङ गाईडहरुले माछापुच्छ्रे बैंकमा खाता खोली छुट्टै डेबिट अथोरिटि दिनुपर्नेछ । सो सुविधा प्रयोग गर्न ट्रेकिङ गाईड कार्यरत ट्रेकिंग कम्पनीले जमानत अनिवार्य बस्नु पर्नेछ र यदि  गाईडले शर्त बमोजिम रकम भुक्तान गर्न नसकेको अवस्थामा बाँकी रहेको बक्यौता तिर्ने दायत्व ट्रेकिङ गाईड कार्यरत ट्रेकिङ एजेन्सिको हुनेछ ।

उक्त समझदारीपत्र हस्ताक्षर समारोहमा टानका महासचिव सरिता लामा, वरिष्ठ उपाध्यक्ष नविन त्रिताल, कोषाध्यक्ष ऋतु ग्याम्दान, सदस्य कान्छा शेर्पा, माछापुच्छ्रे बैंकका प्रबन्धक सुनिल खतिवडा, उपप्रमुख (डिजिटल बैंकिङ) विनय रेग्मी र शाखा प्रबन्धक समिर रैनको उपस्थिति रहेको थियो ।

Write your Comment


Related News
  • हानका निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन
  • Chitwan National Park
  • ‘जाउँ घुम्न बन्दिपुर’ गरिमा होमस्टेमा ८ सय मै खान बस्ने सुविधा
  • होटल व्यवसायी महासंघ नेपालका पूर्वसदस्य चन्द्र भुषालको कोरोनाका कारण निधन
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी