ताजा समाचार

आज    |   

लकडाउ पछि जाउँ वन्यजन्तुको रोमाञ्चक हेर्न ‘शुक्लाफाँटा’



देशैभरि अहिले कोरोना भाइरसले गर्दा मानिसहरु घरमै बस्नु परेको अवस्था छ । तर कतिपयलाई भने कहाँ जाउँ के गरौँ भन्ने लागिसकेको छ । लकडाउन खुकुलो हुनासाथ कहाँ जाने भन्ने सोचमा हुनुहुन्छ भने तपाईको लागि तनाव कम गर्ने स्थान बन्न सक्छ कञ्चनपुर जिल्लामा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रमुख आकर्षण हो घाँसे मैदानको फाँटमा लस्करै देखिने हजार भन्दा बढी बाह्रसिङ्गाको बथान । कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरबाट पश्चिम तर्फ करिव ५ किलो मिटरको दुरि मा रहेको छ निकुञ्ज प्रवेशद्वार । यस प्रवेशद्धारमा पुगे पछि सुरु हुन्छ शुक्लाफाँटाका रोमाञ्चक दृश्य ।

३०५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको शुक्लाफाँटामा करीब १७ प्रतिशत घाँसे मैदान छ । निकुञ्जमा पुगे पछि बाह्रसिङ्गाका साथै पाटेबाघ, एकसिङ्गे गैंडा, कृष्णसार लगायतका वन्यजन्तु देख्न पाईन्छ । असका अलवा निकुञ्जभित्र रहेका बाबाताल, रानीताल, लालपानीको पनि सुन्दरता देख्न सकिन्छ । हामी निकुञ्ज मात्रै नभई दोधारा र चाँदनी जोड्ने करीब १५०० मिटर लामो झोलुङ्गे पुलको पनि दृश्यअवलोकन गर्न सक्दछौँ ।

कसरी जाने ? कति खर्च लाग्छ ?

यस ठाउँमा जानको लागि हामी आफु भएको ठाउँबाट यातायत तथा हवाइ को माध्यमबाट महेन्द्रनगर पुग्नु पर्दछ । अनि त्यहाँबाट करिव ५ किलोमिटर पश्चिमको दुरिमा अटो रिक्सा बट सजिलै पुग्न सकिन्छ । यस ठाउँमा पुग्न काठमाडौँबाट महेन्द्रनगरसम्मको भाडा एसी बसमा रु.२०००, डिलक्समा रु.१६०० र साधारण बसमा रु.१३५० रहेको छ । तर अन्य जिल्लाबाट महेन्द्रनगर सम्मको भाडा फरक फरक रहेको छ ।

महेन्द्रनगरमा सुविधासम्पन्न होटलहरु छन् बस्नको लागि यहाँ १००० देखि ३००० सम्म तिरेर बस्न सकिन्छ । कम पैसा हुनेको लागि निकुञ्जसँगै जोडिएको क्षेत्रमा राना थारू सामुदायिक होमस्टे रहेको छ त्यहाँ एक रातको खाना सहित १००० मा बास बस्न पाईन्छ ।

 

photo by farwestnepal.org

Write your Comment


Related News
  • बाँकेका तिन वटै होटल व्यवसायीले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  • नेपालमा आईतबार २ सय ९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ७ सय ८४
  • पर्यटन संघसंस्थाको दम्भ र सरकारको लाचारीपनले पर्यटन मजदुर, गाइड तथा आरोहीहरु आन्दोलित
  • नेपालमा आज ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार २ सय ५९ पुग्यो
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी