ताजा समाचार

आज    |   

कर्णाली प्रदेशले ल्यायो ३३ अर्ब ७४ करोडको बजेट, पर्यटन पूर्वाधार विकासमा के के परे प्राथमिकतामा ?



दिपक जैसी /सुर्खेत

आर्थिक वर्ष २०७७/०७८ का लागि कर्णाली प्रदेश सरकारले ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबार को कर्णाली प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार ९५७ प्रतिशत, चालुतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार ९३४ प्रतिशत, र वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ ९९ प्रतिशत विनियोजन गरेको बताउनुभयो ।

यस्तै प्रदेश सरकारले पर्यटन क्षेत्रका लागि प्रदेशका १० वटा जिल्लामा रहेको प्रमूख पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने र राराको पूर्वाधार विकास गदै नागरिक साझेदारीमा घरबास ९होमस्टे० पर्यटनको प्रवर्द्धन गर्न आवास सहितको पर्यटकीय मुर्मा गाउँ विकास गर्ने कार्यक्रम ल्याइएको छ।

हवाई र पर्यटन पूर्वाधार विकास लागि यस्ता छन् प्राथमिकता

संघीय सरकारको कार्यक्षेत्र भएतापनि सुर्खेत विमानस्थल विस्तामा सहकार्य गर्न ५0 करोड विनियोजन गरिएको छ।
रारा, शे-फोक्सुण्डो, काक्रेविहार, बुलबुले, पचाल झरना, कुपिण्डे, लिमी, सिञ्जा, पञ्चकोशी, स्यार्पु, कुशे पाटन लगायत पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र वीरेन्द्रनगरमा रहेका पर्यटकीय महत्वका स्थानहरूमा प्रस्तरकला (स्टोन कार्भिङ्ग) को सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएको छ।
मुलुकको एक प्रमुख पर्यटकीय आकर्षणको रुपमा रहेको मनमोहक रारा क्षेत्रमा आवश्यक पूर्वाधार विकासका लागि सरकार नागरिक साझेदारीमा घरबास (होमस्टे) पर्यटनको प्रवर्द्धन गर्न आवास सहितको पर्यटकीय मुर्मा गाउँ विकास कार्यक्रम ल्याइएको छ।

Write your Comment


Related News
  • बाँकेका तिन वटै होटल व्यवसायीले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  • नेपालमा आईतबार २ सय ९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ७ सय ८४
  • पर्यटन संघसंस्थाको दम्भ र सरकारको लाचारीपनले पर्यटन मजदुर, गाइड तथा आरोहीहरु आन्दोलित
  • नेपालमा आज ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार २ सय ५९ पुग्यो
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी