ताजा समाचार

आज    |   

बाँकेका होटल व्यवसायी भन्छन् – ‘होटलको चुलो बल्न छोड्यो अब के खाने सरकार’



कोभिड १९ का कारण लामो समयदेखि बन्द रहेका बाँकेका होटल व्यवसायीहरुले अब के खाने भन्ने चिन्ता थपेको बताएका छन् । सरकारले शुक्रबार देखि पहिलो चरणको बन्दाबन्दी खोल्दा पर्यटन तथा यस संग सम्बन्धित होटल व्यवसायीहरुको मर्म बुझ्न नसक्दा व्यवसायीहरु मर्माहत भएका भन्दै जिल्ला प्रशासन कार्यालयमा शुक्रबार ज्ञापनपत्र बुझाएको अध्यक्ष भिमलाल कडेलले बताउनुभयो ।

शुक्रबार होटल व्यवसायी संघ बाँकेले बुझाएको ज्ञापनपत्रमा भनिएको छ “व्यवसायीहरुको आपतविपतलाई मध्यनजर गरी यस व्यवसायबाट आश्रित परिवारजनको बिहान बेलुकाको चुलो बन्दभई नानी बाबुहरु भोकमरीको चपेटामा परेको जानकारी गराउदै ध्ज्इ ,स्वास्थ्य विभाग अन्र्तगत तपशिलको निर्देशन तथा अनुगमनको पुर्णपालना गर्नै गरी आगामी २०७७ असार १ गते देखी अतिथी देव भवको मर्मलाई आत्मसाथ गर्दै यो व्यवसाय पुनःसञ्चालनमा ल्याई सबै व्यवसायीहरुको धैर्यताको बाँध नटुट्ने गरी मर्म बुझीदिनहुन अनुरोध गर्दछ ।”

सन् २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा मनाउने नेपाल सरकारको निर्णय बमोजिम होटल तथा पर्यटन क्षेत्रमा व्यवसायीहरुको निकै ठुलो रकम जोहो गरी थप लगानी गरेको अवस्था र हालको प्रतिकुलताले गर्दा उक्त रकमको बैंक व्याज तथा किस्ता तिर्न साथै घर भाडामा लिई व्यवसाय गर्ने व्यवसायीले घरभाडा तिर्न नसकी व्यवसायीहरु धेरै मर्कामा परी अप्रिय घटना सहित पलायन हुने खतरालाई मध्यनजर गर्दे सरकारले बैक व्याज र घरभाडामा छुट,अनुदान तथा किस्तामा सहुलियत प्रदान गरी होटल तथा पर्यटन व्यवसायलाई बचाईराख्ने नीती तथा कार्यक्रम बनाई लागू गर्नु पर्ने माग पनि गर्दछौ ।

मागहरु

१) २०७६ चैत्र महिना देखि लकडाउन समयावधि सम्मको व्यवसायीहरुले प्रयोग गर्दैै आएको बिद्युतमा लगाउने डिमाण्ड चार्ज छुट गरियोस् ।
२) घरबहाल सम्बन्धमा, कोरोना भाइरसका कारणले व्यापार व्यवसाय बन्द रहेकोले लकडाउन समय अवधि भर नेपाल सरकारले न्यायीक तरीकाले छलफल गरी घर बहाल पुर्ण छुट गर्न यथासिघ्र सम्बोधन गरियोस् ।
३) बैकिङ कर्जा सम्बन्धमा, देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको होटल व्यवसायको पुर्नजीवन र विकासका लागि बैक तथा वित्तिय संस्थाहरुबाट सरल र सहुलीयत रुपमा व्याजदरलाई मिनाहा गरि होटल व्यवसायीलाई सहुलियत पुर्णःकर्जा निम्नतम व्याजमा कर्जा प्रवाह गरियोस् ।
४) पर्यटकीय क्षेत्रलाई पुन ताजाकीय बनाउन नेपाल सरकारले २ वर्षको बिशेष प्याकेज तयार पारी राहत उपलब्ध गराइदियोस् ।
५) कृषि क्षेत्रमा गरिएको लगानी जस्तै पर्यटकीय क्षेत्रमा पनि अनुदानको व्यवस्था र निम्नतम व्याजमा ऋण प्रवाह गरियोस् ।
६) भौगोलिक आधारमा पर्यटकीय क्षेत्रको र जिल्लाको मुल्याङ्कन गरी राहात उपलब्ध गरियोस् ।
७) पर्यटकीय क्षेत्रका हामी हेटल व्यवसायीहरुको आर्थिक बर्ष २०७६÷०७७ को आन्तरिक राजस्व कार्यालय र स्थानीय निकाय मा दाखिला गर्नुपर्ने सबै प्रकारका करहरु छुट गरि प्रमाण पत्र नविकरण को व्यवस्था मिलाइयोस् ।
८) लकडाउनले अस्तव्यस्त पारिएका होटलहरु निश्चित निती निर्देशन नियमावली तर्जुमा गरि होटल सञ्चालनको वातावरण तयारगरियोस् ।
९) कोभिड–१९ का कारण बाट होटल व्यवसाय पुर्ण रुपमा बन्द भएकोले धेरै मजदुर कर्मचारीको रोजीरोटी गुम्ने अवस्था सृजना भएकाले उनीहरुलाई सरकारले उचित व्यस्था मिलाउन माग गर्दछौ ।

Write your Comment


Related News
  • बाँकेका तिन वटै होटल व्यवसायीले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  • नेपालमा आईतबार २ सय ९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ७ सय ८४
  • पर्यटन संघसंस्थाको दम्भ र सरकारको लाचारीपनले पर्यटन मजदुर, गाइड तथा आरोहीहरु आन्दोलित
  • नेपालमा आज ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार २ सय ५९ पुग्यो
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी