ताजा समाचार

आज    |   

होटल संघ बाराको अनुरोध – सुरक्षा विधि अपनाई साना लगानीका चिया र खाजा पसल खोल्न देउ



होटल तथा पर्यटन व्यवसायी संघ बाराले कोरोनाका कारण होटल व्यवसायीहरु संकटमा परेकाले साना खालका होटलहरु सुरक्षा विधि अपनाई खोल्न दिन संवन्धीत निकाएलाई ज्ञापनपत्र बुझाएको  अध्यक्ष मोहन शर्मा लामिछानेले बताउनुभयो।

संघले विहबिार सम्वन्धीत निकाएहरुमा बुझाएको ज्ञापन पत्रमा भनिएको छ होटल तथा पर्यटन क्षेत्रमा गएिको करोडौँ लगानी, हजारौ व्यवसायी तथा कर्मचारीहरु प्रत्यक्ष मारमा परेको छन् । साथै उनिहरुका आश्रित परिकारको अवस्था कल्पना पनि गर्न नसकिने भयाभव अवस्थामा पुरेको छ ।

ज्ञापन पत्रमा करिब ३ महिनादेखि पूर्ण बेरोजगार बन्दै आएको यो समुदायको जीवनयापनका लागि अब विकल्पसहितको व्यवसाय सञ्चालन गर्न नदिने हो भने भोलि अवस्था झन भयाभव हुने कुरालाई आत्मसात गदै आगामी २०७७ असार १ गते देखि सानो पूँजीबाट स्वरोजगार गदै आएका स साना चिया पसल, खाजा घर तथा रेष्टुरेन्टहरुलाई सुरक्षाको विधि अपनाई भौतिकदूरी कायम गदै सचेतना र अनुगमन सहित व्यवसाय सञ्चालन गर्न दिन आग्रह गरिएको छ ।

यस्तो छ ज्ञापनपत्र

Write your Comment


Related News
  • बाँकेका तिन वटै होटल व्यवसायीले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  • नेपालमा आईतबार २ सय ९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ७ सय ८४
  • पर्यटन संघसंस्थाको दम्भ र सरकारको लाचारीपनले पर्यटन मजदुर, गाइड तथा आरोहीहरु आन्दोलित
  • नेपालमा आज ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार २ सय ५९ पुग्यो
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी