ताजा समाचार

आज    |   

होटल महासंघ सुदुरपश्चिम प्रदेशको आग्रह, लकडाउन अवधिभरलाई शून्य समय मान्दै छुट दिनुपर्ने



कोभिड १९ महामारीको सबैभन्दा बढि मारमा होटल व्यवसायी परेको हुँदा लकडाउन अवधिभरको समयलाई शून्य समय मान्दै छुट दिन होटल तथा पर्यटन व्यवसायी महासंघ सुदुरपश्चिम प्रदेशले सरकारसंग माग गरेको छ ।

मंगलबार प्रेस विज्ञप्ती जारी गदै होटल महासंघले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण अन्य क्षेत्र भन्दा पर्यटन क्षेत्र बढी नै प्रभावित भएको भन्दै यस्तो अवस्थामा तिन वटै सरकारले होटल व्यवसायीलाई खानेपानी, टेलिकम, बुद्युत महशुलमा छुट, बैंको व्याज, सावाँ भाका बढाई बैंक तथा वित्तीय संस्थाबाट सहुलिएत कर्जा भाडामा संञ्चालित होटलहरुको भाडामा छुट दिन सम्वन्धीत क्षेत्रसंग आग्रह गरेको छ ।

अध्यक्ष दिपकबहादुुर खड्काले ससंघका तर्फबाट जारी गरेको विज्ञप्ती भनिएको छ– २०७६ चैत ११ गते देखि सरकारले देश लकडाउन गरे पश्चात प्रकोपको नियन्त्रणका लागि बिभिन्न उपाय अबलम्बन गर्दै आईरहेको छ । हामी ब्यवसायिहरुले पनि त्यसको पालना गरिरहेका छौ । आवश्यक परेका बेला निश्चित मापडण्ड बनायर हाम्रा होटेलका बेडहरु क्वारेन्टाईन बनाउनका लागि तयार छौ ।

जोखिमको घडिमा सुदुरपश्चिम प्रदेश भरिका २० अर्ब लगानिका करिव ७ हजार ब्यवसाय पनि धरासयी बनेका छन् र त्यसमा काम गर्ने ४५ हजार जनशक्ति बेरोजगार भएका छन् जसबाट अर्बौको क्षति भएको छ । सुदुरपश्मि प्रदेशका बिभिन्न नाका बाट करिब ७० हजार श्रमिक भारत बाट नेपाल प्रबेश गरिसकेका छन र पुन अन्य नागरिकहरु पनी प्रबेशको क्रम रोकिएको छैन । प्रवासी नागरिकको परिक्षण बिनै घर फर्काउने कार्यले सुदुरपश्चिमका सबै जनता त्रसित बनेका छन् । यस्तो कठिन परिस्थितिमा होटल तथा पर्यटन क्षेत्र पुन सुचारु गर्न सकिने अबस्था छैन , पर्यटन क्षेत्रलाई बचाई राख्नको निम्ति नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहहरु सित राहातका मागहरु मागेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मागहरु

१.माहामारी कहिले अन्त्य हुने हो निश्चित छैन तसर्थ श्रमीक र ब्यवसायीहरुलाई टिकाई राख्न आवश्यक सजकता अपनाई लकडाउनलाई खुकुलो पार्दै सामाजिक दुरि कायमगरी ब्यवसाय संचाल   नगर्न ।
२.लकडाउन अवधिभर सम्पुर्ण ब्यवसाय बन्द भएको अबस्था र सर्बोच्च अदालतले पनि यस अबधिलाई शून्य समय भनिसकेको हँुदा यस बिचको सम्पुर्ण खानेपनी, बिद्युत, टेलिकम महसुल, सबै खाले कर र जरिवाना छुट , बैंक बाट लिएको ऋणको ब्याज छुट, साँवा पुन तालिका बनाएर भाका बढाउन, ब्यवसाय पुन संचालनका लागि सहुलियतममा थप कर्जा सहित बैंक बित्तिय संस्था र बहालमा घर दिएका घर धनिहरुले ब्यवसायीहरुलाई घर वाहलमा समेत छुट दिनहुन सम्बन्धित सबै सित आग्रह गर्दछौ ।
३.ब्यवसायमा काम गर्ने श्रमिकहरुको उचित ब्यवस्थापन र राहातको ब्यवस्था मिलाउनु पर्ने साथै ब्यवसाय पुन संचालनका लागि तालिमको ब्यवस्थापन गर्नु पर्ने ।
४. नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारमा पर्यटन ब्यवसाय सम्बन्धी राज्श्व निति , पर्यटन बिकाससंग सम्बन्धीत योजना तर्जुमा गर्न बनाईने समिति तथा उपसमितिमा हाम्रा ब्यवसायीक संघहरुलाई अनिवार्य प्रतिनिधित्व गराउनु पर्ने । साथै कृर्षि क्षेत्र जस्तै पर्यटन क्षेत्रलाई पनि सहुलियत र अनुदानको ब्यवस्था हुनुपर्ने ।

Write your Comment


Related News
  • बाँकेका तिन वटै होटल व्यवसायीले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  • नेपालमा आईतबार २ सय ९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ७ सय ८४
  • पर्यटन संघसंस्थाको दम्भ र सरकारको लाचारीपनले पर्यटन मजदुर, गाइड तथा आरोहीहरु आन्दोलित
  • नेपालमा आज ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार २ सय ५९ पुग्यो
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी