ताजा समाचार

आज    |   

पोखराका २४ होटलहरुमा राखिदै छ विदेशबाट फर्किने नेपालीहरु (होटलको नामसहित हेर्नुहोस्)



विदेशबाट नेपाल फर्कने नागरिकहरुलाई क्वारेन्टिनमा राख्न पोखराका २४ वटा होटलहरु छनोट भएका छन् । पश्चिमाञ्चल होटसंघमा आवद्ध होटलहरुले आवश्यक मापदण्ड अपनाई विदेशबाट फर्कने नेपालीहरुलाई होटलमा राख्न सहमत भएका छन् । तर होटल संघ पोखराले होटलहरुको नामावली संघबाट प्रदान गरिएको भएता पनि आवश्यक मापदण्ड अपनाई वर्गिकरण गरी होटलहरुको छनौट गर्नु पर्ने जनाइएको छ ।

होटल संघ पोखराले सम्वन्धीत निकायहरुसंग ध्यानाकर्षण गरी क्वारेन्टिनमा प्रयोग हुने होटलहरुमा स्थानीय बसिन्दाबाट अवरोध आउन सक्ने हुँदा उक्त अवरोधलाई सौहार्दपूर्ण वातावरणमा सरकारद्वारा समाधान गरिनु पर्ने र स्थानीय स्तरमा फैलन सक्ने संक्रमणको जिम्मा सरकारले लिनुपर्ने भनेको छ ।

त्यस्तै धेरैजसो होटलहरु बन्द रहेका र कर्मचारीहरु पनि विदामा रहेको हुँदा पाहुना आउनु भन्दा कम्तीमा पनि ४ दिन अगावै संघमा अथवा होटल प्रतिष्ठानमा जानकारी गराई दिनु पर्ने तथा होटल क्वारेन्टिनका लागि उपलब्ध गराउँदा अपनाउनुपर्ने कार्यविधिमा सुरक्षा, स्वास्थ्य लगायतको स्पष्टता र होटलका कर्मचारीहरुलाई तालिमको व्यवस्था गरिनुपर्ने माग गरेको छ ।

यस्ता छन् २४ होटलहरु

Write your Comment


Related News
  • बाँकेका तिन वटै होटल व्यवसायीले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  • नेपालमा आईतबार २ सय ९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ७ सय ८४
  • पर्यटन संघसंस्थाको दम्भ र सरकारको लाचारीपनले पर्यटन मजदुर, गाइड तथा आरोहीहरु आन्दोलित
  • नेपालमा आज ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार २ सय ५९ पुग्यो
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी