ताजा समाचार

आज    |   

होटल महासंघ प्रदेश २ ले सबै होटल क्‍वारेन्टाइन बनाउन दिने



होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ ले प्रदेशमा रहेका सबै होटललाई क्‍वारेन्टाइन बनाउन दिने निणर्य गरेको छ । शनिबार बसेको अनलाईन (भर्चुअल) बैठकले विश्वव्यापी रुपमा फैलिदै गएको कोभिड १९ को संक्रमण नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय सरकारले मागे सुरक्षा मापडण्ड अपनायी सशुल्क प्रदेशमा रहेका सबै होटलहरुलाई क्‍वारेन्टाइन बनाउने निणर्य भएको महासचिव मोहन शर्मा लामिछानेले बताउनुभयो ।

महासचिव लामिछानेले बैठकमा कोरोना भाइरस संक्रमण नियत्रणका लागि सरकाले गरेको लकडाउनका कारण करिब ३ महिनादेखि बन्द रहेका होटल व्यवसायीहरू सबै भन्दा बढी मारको चपेटामा परेकोले सरकारले होटल तथा पर्यटन व्यवसायीलाई सहज रुपमा सञ्चालन गर्ने वातावरण मिलाई बैंक तथा वित्तिय संस्थाहरुको किस्ता, व्याज, कर, घरभाडा छुट तथा विभिन्न शुल्कहरु व्यवस्थापन गर्न सम्वन्धित सरोकारवाला संघसंस्थालाई ध्यानाकर्षण गर्ने निर्णय भएको बताउनुभयो ।

अनलाईन (भर्चुअल) बैठकमा अध्यक्ष हिरालाल गौतम, उपाध्यक्ष बिष्णु साह, महासचिव मोहन शर्मा, कोषाध्यक्ष बैकुण्ठ सापकोटा, सचीव तवरेज आलम, सह सचिव अशोक जलान, वरिष्ट सदस्य बिश्णु खडका, सदस्यहरु दशरथ साहु, फेकु श्रेष्ठ, दिपेन्द्र पराजुली, रामकुमार गुप्ता, को उपस्थिति रहेको थियो । यस्तै बैठकमा विशेष आमन्त्रित सस्थापक संरक्षक सल्लाहकार युवराज लामा र विजय झुनझुनवाला को पनि सहभागीता रहेको थियो ।

हाल प्रदेश दुईका ८ जिल्लामा सुविधासम्पन्न होटल, रिसोर्ट, लज, गेस्टहाउस तथा पार्टी प्यालेस रहेका छन् ।

Write your Comment


Related News
  • सरकारले दोब्बर भाडा लिने गरी छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने
  • होटल संघद्वारा गभर्नरको ध्यानाकर्षण, ऋण चुक्ताका लागि ताकेता नगर्न आग्रह
  • ऋण चुक्ताका लागि ताकेता नगर्न होटल संघको आग्रह
  • होटल व्यवसायीलाई सहुलियत दिन बागमती प्रदेशका १३ जिल्लाले बुझाए सिडियोलाई ज्ञापनपत्र
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी