ताजा समाचार

आज    |   

भारतमा जुन ८ देखि होटल, मल र धार्मिकस्थल खुल्ने



भारत सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि होटल, रेस्टुरेन्ट, मल र धार्मिकस्थल खुल्न दिने भएको छ । भारत सरकारको स्वास्थ्य मन्त्रालयले करीब साढे २ महिना बन्द रहेका होटलहरूलाइ सङ्क्रमणको उच्च जोखिमयुक्त क्षेत्रबाहेकका सपिङ्ग मल, रेस्टुरेन्ट धार्मिकस्थलहरुलाइ जुन ८ देखि खुल्न दिने निणर्य गरेको हो ।

करिब साढे २ महिना बन्द रहेका यि स्थानहरुमा ६ फिटको दुरी, मास्क, स्यानिटाइजेशन र थर्मल स्क्रिनिङलाई अनिवार्य प्रयोग गरी खोल्ने अनुमति दिइएको छ । मन्त्रालयले यस क्षेत्रमा रहेका होटल तथा रेस्टुरेन्टका सञ्चालकले ग्राहकको सबै जानकारी राख्नु पर्ने नियम बनाएको छ ।

धार्मिकस्थल र मलका लागि भने ६५ वर्षभन्दा माथिका नागरिक, १० वर्षभन्दा कम उमेरका बच्चा तथा गर्भवती र बिरामीलाई नजान भनिएको छ । ऐजेन्सी

Write your Comment


Related News
  • बाँकेका तिन वटै होटल व्यवसायीले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  • नेपालमा आईतबार २ सय ९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ७ सय ८४
  • पर्यटन संघसंस्थाको दम्भ र सरकारको लाचारीपनले पर्यटन मजदुर, गाइड तथा आरोहीहरु आन्दोलित
  • नेपालमा आज ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार २ सय ५९ पुग्यो
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी