ताजा समाचार

आज    |   

गण्डकीको नीति तथा कार्यक्रम – प्रदेशलाई पर्यटकीय हव, पोखरालाई पर्यटनको राजधानी



गण्डकी प्रदेश सरकारले प्रदेशलाई पर्यटकीय हव र पोखरालाई पर्यटनको राजधानीको रुपमा विकास गर्ने भएको छ । आइतबार प्रदेश प्रमुख अमिक शेरचनले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।

प्रदेश सरकारको नीति कार्यक्रममा कोभिड–१९ को महामारीका कारण प्रदेशको अर्थतन्त्र र विकास निर्माणमा पर्ने नकारात्मक असरलाई कम गर्नेतर्फ सरकारको आर्थिक नीति लक्षित हुने जनाइएको छ । साथै सरकारले आगामी आर्थिक वर्षमा कोभिड–१९ को महामारीले क्षति पु¥याएको अर्थतन्त्रको पुनरुत्थान गर्नका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने नीतिसमेत सार्वजनिक गरेको छ ।

सरकारले आगामी आर्थिक बर्षको लागी पर्यटन क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण आर्थिक क्रियाकलापको रूपमा लगेको छ । गण्डकी प्रदेशलाई नेपालको पर्यटन हब र पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा विकास गदै प्रदेशभित्रका पर्यटन गन्तव्य, पदमार्ग, होटेल, होमस्टे लगायतका पर्यटन पूर्वाधार विकास गर्ने कार्य र प्रदेश सरकारको पर्यटन प्रवर्द्धन अभियानलाई निरन्तरता दिने जनाएको छ ।

सरकारले पर्यटन क्षेत्रका लागी यी कुराहरुमा विशेष जोड दिएको छ

१. गण्डकी प्रदेशलाई नेपालको पर्यटन हब र पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा विकास गरिनेछ। प्रदेशभित्रका पर्यटन गन्तव्य, पदमार्ग, होटेल, होमस्टे लगायतका पर्यटन पूर्वाधार विकास गर्ने कार्य र प्रदेश सरकारको पर्यटन प्रवर्द्धन अभियानलाई निरन्तरता दिएको छ ।

२. नेपाल सरकार र अन्तर प्रदेश सहकार्यमा काठमाण्डौ(पोखरा(लुम्बिनीलाई गौतमबुद्ध स्वर्णिम त्रिकोणको रुपमा र मुक्तिनाथ(पोखरा(देवघाट(जनकपुरलाई धार्मिक(सांस्कृतिक पर्यटकीय मार्गको रुपमा विकास गरिनेछ। प्रदेशको राजधानी पोखरालाई नेपालका प्रमुख शहर, प्रादेशिक राजधानी र छिमेकी देशका शहरसँग हवाई मार्गद्बारा जोड्ने कार्यलाई निरन्तरता दिएको छ ।

३. नेपाल सरकार तथा प्रदेश सरकारबाट घोषणा भएका प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यको पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिइनेछ। प्रदेशभित्रका प्रमुख प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थललाई आकर्षक गन्तव्यको रुपमा विकास गर्ने बताएको छ ।

४. प्रमुख पर्यटकीय स्थललाई सुरक्षित गन्तव्यको रुपमा विकास गर्न स्थानीय तहसँगको सहकार्यमा हेलिप्याड लगायतका पूर्वाधार निर्माण गर्ने र विपद्‍मा परेका पर्यटकलाई उद्धार गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ ।

५. पर्यटन प्रवर्द्धन गर्न पर्यटकीय सूचनालाई विद्युतीय सूचना प्रणालीमा आबद्ध गर्ने जनाएको छ । स्थानीय तहसँगको सहकार्यमा पर्यटन सूचना केन्द्र स्थापना गरिनेछ। कोशेली घर सञ्चालन गर्न प्रोत्साहन गर्ने जनाएको छ ।

६.  पर्यटन प्रवर्द्धन मार्फत जीविकोपार्जन र रोजगारीका अवसरमा वृद्धि गर्न पर्या-पर्यटन, माइस पर्यटन, जल पर्यटन, कृषि पर्यटन, खेल पर्यटन, साहसिक पर्यटन, धार्मिक तथा सांस्कृतिक पर्यटन, शैक्षिक पर्यटन, स्वास्थ्य पर्यटन जस्ता पर्यटकीय गतिविधिको विस्तार र विविधीकरण गर्ने प्रवर्द्धनात्मक कार्यक्रमलाई निरन्तरता दिएको छ ।

७. पर्यटन क्षेत्रको कृषि क्षेत्रसँग अग्रपृष्ठ सम्बन्धको विकास गर्ने नीति लिइनेछ। मनोरम ग्रामीण क्षेत्रमा पर्यटकीय गतिविधि मार्फत स्थानीय समुदायको आयआर्जन वृद्धि गर्न होमस्टे र अर्गानिक कृषि प्रणालीलाई एकीकृत रुपमा सञ्चालन गर्न प्रोत्साहन गरिनेछ। सामुदायिक होमस्टेको क्षमता अभिवृद्धि र पूर्वाधार विकास सहयोगका कार्यक्रमलाई निरन्तरता दिएको छ ।

८. मुस्ताङ जिल्लामा जियो पार्क र मिनि मुस्ताङको स्थापना तथा व्यवस्थापन गर्न नेपाल सरकार, स्थानीय तह, निजी क्षेत्र र गैरसरकारी संस्थासँग सहकार्य गरिनेछ। ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको लोमन्थाङ र गोरखा दरबार क्षेत्रको संरक्षण तथा व्यवस्थापन गर्न र विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारसँग समन्वय गर्ने बताएको छ ।

Write your Comment


Related News
  • होटल संघद्वारा गभर्नरको ध्यानाकर्षण, ऋण चुक्ताका लागि ताकेता नगर्न आग्रह
  • ऋण चुक्ताका लागि ताकेता नगर्न होटल संघको आग्रह
  • होटल व्यवसायीलाई सहुलियत दिन बागमती प्रदेशका १३ जिल्लाले बुझाए सिडियोलाई ज्ञापनपत्र
  • बाँकेका तिन वटै होटल व्यवसायीले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी