ताजा समाचार

आज    |   

प्रदेश २ मा थपिए ६० संक्रमित, प्रदेश २ मा संक्रमितको संख्या ६ सय ९ पुग्यो



आईतबार मात्रै ६० जनामा कोरोना संक्रमण पुष्टि भए पछि प्रदेश २ मा कोरोना बाट संक्रमित हुनेको संख्या ६ सय ९ पुगेको छ । आईतबार रौतहटमा २९ जना, धनुषा २१ जना, र सर्लाहीमा १० जना, संक्रमित भएका प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमित थपिएकाहरु दुर्गाभगवती क्वारेन्टाइनका ८ जना, मदरसा क्वारेन्टाइनका १० जना, गौर क्वारेन्टाइनका ११जना, मुखियापट्टी मुसहरनिया क्वारेन्टाइनका ११ जना, गोपाल धर्मशाला क्वारेन्टाइनका ९ जना र गणेशमान चारनाथ नगरपालिकाको क्वारेन्टाइनका १ जना, हरिपुर नगरपालिकाका ७ र बहम्पुरी गाउँपालिकाको क्वारेन्टाइनका ३ रहेका छन् ।

Write your Comment


Related News
  • होटल संघद्वारा गभर्नरको ध्यानाकर्षण, ऋण चुक्ताका लागि ताकेता नगर्न आग्रह
  • ऋण चुक्ताका लागि ताकेता नगर्न होटल संघको आग्रह
  • होटल व्यवसायीलाई सहुलियत दिन बागमती प्रदेशका १३ जिल्लाले बुझाए सिडियोलाई ज्ञापनपत्र
  • बाँकेका तिन वटै होटल व्यवसायीले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी