ताजा समाचार

आज    |   

कोरोनाबाट विदेशमा १ सय २१ नेपालीले ज्यान गुमाए, कुन देशमा कति हेर्नुहोस्



कोभिड १९ भाइरसबाट विदेशमा १सय २१ नेपालीले ज्यान गुमाएका छन् । रोजगारी तथा अध्ययन को क्रममा विदेश गएका नेपालीहरु विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण नेपालमा आउन नपाई विदेशमा ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अनुसार विदेशमा ज्यान गुमाउने र संक्रमण हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको जनाएको छ । शनिबार सम्म विदेशमा १४ हजार ४ सय २५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । समितिका अनुसार कतार, अमेरिका, युएई, युके, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, प्रोतुगल, क्यानाडा, आयरल्याण्ड, माल्दिभ्स्, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जिमय, स्वीड्रल्याण्ड, फिनल्याण्ड, जर्मनी, साईप्रस, न्यूजील्याण्ड, हङ्गकंङ्ग, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमार, रोमानिया, स्वीडेन, नेदरल्याण्ड लगायतका ३४ देशका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

कुन देशमा कति नेपालीले ज्यान गुमाए

बेलायतमा – ६६ जना
युएईमा – १९ जना
संयुक्त राज्य अमेरिका – १७
कुवेत – २ जना
सउदी अरबमा – ८ जना
बहराइनमा – ३ जना
कतार – १ जना
आयरल्याण्ड – १ जना
जापान – १ जना
टर्की – १ जना
स्वीड्रल्याण्ड – १ जना
नेदरल्याण्ड – १ जना जनाको मृत्यु भएको छ ।

Write your Comment


Related News
  • होटल संघद्वारा गभर्नरको ध्यानाकर्षण, ऋण चुक्ताका लागि ताकेता नगर्न आग्रह
  • ऋण चुक्ताका लागि ताकेता नगर्न होटल संघको आग्रह
  • होटल व्यवसायीलाई सहुलियत दिन बागमती प्रदेशका १३ जिल्लाले बुझाए सिडियोलाई ज्ञापनपत्र
  • बाँकेका तिन वटै होटल व्यवसायीले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी