ताजा समाचार

आज    |   

कर्णाली प्रदेश-नीति तथा कार्यक्रमको प्राथमिकतामा पर्यटन क्षेत्र, सुरक्षित आकर्षक र विशिष्ट पर्यटकीय गन्तव्य बनाउने देखि पर्यटन उद्योगलाई सहयोग गर्ने सम्म कार्यक्रम



दिपक जैशी/सुर्खेत

कर्णाली प्रदेश सरकारले पर्यटन क्षेत्रका लगि आगामी वर्ष को नीति तथा कार्यक्रममा प्रदेशमा सुरक्षित आकर्षक र विशिष्ट पर्यटकीय गन्तव्य बनाउने देखि पर्यटन उद्योगलाई सहयोग गर्ने सम्मको कार्यक्रम ल्याएको छ ।

शुक्रबार कर्णाली प्रदेशसभामा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गदै प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले पर्यटन क्षेत्रको लागी यस्तो कार्यक्रम ल्याउनु भएको हो । प्रदेश सरकारको नीति कार्यक्रममा कोभिड–१९ को महामारीका कारण प्रदेशको अर्थतन्त्र र विकास निर्माणमा पर्ने नकारात्मक असरलाई कम गर्नेतर्फ सरकारको आर्थिक नीति लक्षित हुने जनाइएको छ ।

सरकारले पर्यटनलाई स्थानीय जनताको रोजगारीको आयआर्जनसंग आबद्ध गराउने देखि प्रदेशका सबै विमानस्थलको स्थरउन्तति गरी विमानस्थलबाट टाढा पर्ने विकट क्षेत्रमा हेलीप्याड निर्माण गर्ने जनाएको छ । यस्तै सरकारले एक जिल्ला एक पर्यटकीय गन्तव्य बनाउने देखि कोभिड बाट प्रभावित पर्यटन उद्योगका लागि विशेष प्रोत्साहाको व्यवस्था गर्ने बताएको छ ।

सरकारले पर्यटन क्षेत्रका लागी यी कुराहरुमा विशेष जोड दिएको छ 

Write your Comment


Related News
  • होटल संघद्वारा गभर्नरको ध्यानाकर्षण, ऋण चुक्ताका लागि ताकेता नगर्न आग्रह
  • ऋण चुक्ताका लागि ताकेता नगर्न होटल संघको आग्रह
  • होटल व्यवसायीलाई सहुलियत दिन बागमती प्रदेशका १३ जिल्लाले बुझाए सिडियोलाई ज्ञापनपत्र
  • बाँकेका तिन वटै होटल व्यवसायीले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी