ताजा समाचार

आज    |   

१३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस-यसरी रहन गयो सगरमाथाको नाम



विश्वको सर्वोच्च शिखर सगरमाथालाई सम्झीदै १३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस नेपालमा मनाईएको छ । दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको शिखरमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिनुका साथै नेपाल सगरमाथाको देश भनेर विश्वभर चिनाएका थिए । सोहि दिन अर्थात मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका गरी मनाउदै आएकोमा विश्वभरी महामारीको रुपमा फैलिएको कोराना भाइरसका कारण सगरमाथालइ सम्झीदै मनाईएको छ । विश्वका विभिन्न देशहरुबाट सगरमाथाको आरोहण गर्न आउने गरे पनि कोभिड १९ का कारण अहिले बन्द रहेको छ । वसन्त ऋतुमा देश विदेशका पर्वतारोहीले बढी सगरमाथामा पाइला राखेर साहसको परिचय दिई नयाँ रेकर्ड राख्ने भए पनि कोभिडका कारण बन्द हुँदा निराश हुनुपरेको छ । सन् १९५३ देखि सन् २०१९ को अन्त्यसम्म मा ६ हजार ५ सय १ जनाले सगरमाथाको सफल आरोहण गरेका छन । सगरमाथा आरोहण गर्ने नेपालीको संख्या ३ हजार ४ सय ७८ रहेको छ । सरकारले नेपालका विभिन्न हिमालको आरोहणबाट ५६ करोड रुपैयाँ बढी रोयल्टी उठाउन सफल भएको छ भने सगरमाथाबाट मात्रै करिब ४५ करोड रुपैयाँ उठाएको छ ।

यसरी रहन गयो सगरमाथाको नाम

महालङ्रगुर हिमश्रृङ्खलामा पर्ने विश्को सर्वोच शिखर सगरमाथा नेपाल र तिब्वत चिनको सिमानामा पर्दछ । जसको खोज खनुसन्धान तथा आरोहणका प्रयास निरन्तर भैरहेका छन् । भारतका महासर्भेयरले नामाकरण गरेअनुसार सन् १८३० देखि सन् १८४३ सम्म सगरमाथालाइ sir George Evrest भनिन्थ्यो ।सन् १८५० मा त्रिकोणमितीय नापी प्रणालीद्धारा सगरमाथाको सर्वेक्षणा गरीएको िथयो । सन् १८५६ मा XV चुचुरूको रूपमा पनि चिनिन्थ्यो । धेरै नेपालीहरूले यस पर्वतलाइ सगरमाथाको नाममा चिन्दछन् । शेर्पा लगाएतका तिब्ती भाषा बोल्नेहरूले यसलाइ छोमोलङ्ममा भन्दछन् । यसको अर्थ राष्ट्रकी देवी आमा मानिएको छ । भारतका महासर्भेयर Andrew Waugh ले सगरमाथालाइ २९००२ फिट अर्थात ८८४२ मिटर उचाइ भएको संसारको सबैभन्दा अग्लो पर्वत घोषणा गरेका थिए । त्यसपछिको अनुसन्धानमा यसको उचाइ २९२८ फिट अर्थात ८८४८ मिटर मानिएको छ । सन् १९९० को दशक अगाडि सम्पन्न भएको वैज्ञानिक नापी अनुसार सगरमाथा विश्वको सबैभन्दा अग्लो पर्वत भएको पुष्टि भएको छ । वास्तभमा भौगोलिक दवाबको कारणाले यस पर्वतको उचाइ प्रतिवर्ष केहि मिटर बढीरहेको छ । अहिले भौगोलिक उतार चढावको मात्रा परीक्षण गर्नको लागि सगरमाथामा Global Positioning System (GPS) स्थापना गरीएको छ ।

Write your Comment


Related News
  • होटल संघद्वारा गभर्नरको ध्यानाकर्षण, ऋण चुक्ताका लागि ताकेता नगर्न आग्रह
  • ऋण चुक्ताका लागि ताकेता नगर्न होटल संघको आग्रह
  • होटल व्यवसायीलाई सहुलियत दिन बागमती प्रदेशका १३ जिल्लाले बुझाए सिडियोलाई ज्ञापनपत्र
  • बाँकेका तिन वटै होटल व्यवसायीले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी