ताजा समाचार

आज    |   

पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड बजेट के के परे प्राथमिकतामा ?



अर्थमन्त्री युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुतिकरणमा पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड बजेट बिनियोजन गरेको बतानुभएको छ ।

मन्त्री खतिवडाले कोरोना भाइरस जोखिमको कारण विश्व व्यापी रुपमा आवागमन बन्द भई पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभावलाई मध्येनजर गरी होवाईसेवा, होटल, ट्राभल, टे«किङ, रेष्टुरेन्ट, पर्वतारोहण लगाएतका सेवा क्षेत्रको पुनरूत्थान गर्न कर शूल्क, एक प्रदेश एक पर्यटकीय गन्तव्यको अवधारण अनुरुप सबै प्रदेशमा ठूला पर्यटकीय पूर्वाधार बिकास, र राष्ट्रसेवक कर्मचारी तथा संगठित संस्था र निजि क्षेत्रका कर्मचारीलाई देश दर्शन गर्न प्रोत्साहित गर्ने बताउनुभएको छ ।

यस्ता छन् प्राथमिकता

१. कोरोना भाइरस जोखिमको कारण विश्व व्यापी रुपमा आवागमन बन्द भई पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभावलाई मध्येनजर गरी होवाईसेवा, होटल, ट्राभल, टे«किङ, रेष्टुरेन्ट, पर्वतारोहण लगाएतका सेवा क्षेत्रको पुनउत्थान गर्न कर शूल्क व्याज लगायतका सुविधाको व्यवस्था गरिने छ ।
२. एक प्रदेश एक पर्यटकीय गन्तव्यको अवधारण अनुरुप सबै प्रदेशमा ठूला पर्यटकीय पूर्वाधार बिकास गर्ने ।
३. निजि क्षेत्र समेतको सहभागितामा हिमाली तथा पहाडी क्षेत्रमा पर्यटनका सम्भावना पहिचान गरी पर्यटक आकर्षण गर्ने मौलिक संस्कृतिको विकास र प्रवद्र्धन गर्नका लागि रु एक अर्व २६ करोड बजेट बिनियोजन गरेको छु ।
४. कोरोना संक्रमणको जोखिम नियन्त्रण हुनासाथ पर्यटन क्षेत्रलाई सिघ्र पुनस्थापित गर्न पर्वतिय,कृषि, ग्रामीण, जलयात्रा , सास्कृतिक, मनोरञ्जन खेल, स्वास्थ्य तथा पर्या पर्यटन लगाएतका नयाँ पर्यटकीय सेवा विस्तार गर्न आवश्यक पूर्वाधार बिकास गरिने छ ।
५.पर्यटन आगमन पदयात्रा हिमाल आरोहण र उद्दारलाई थप व्यवस्थित र सुरक्षित बनाउन नविन पर्यटक सुचना प्रणली लागू गरिने छ ।
६.पर्यटन क्षेत्रमा अध्ययन र अनुसन्धान गर्न मानित पर्यटन विश्वविधालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गरीने छ ।
७.माध्यमिक तह भन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय समाबेश गरीने छ ।
८. पशुपति जनकपुर र मुक्तिनाथ सहित अन्य मठ मन्दिर गुम्बा तथा चुचुरा नदि ताल कुण्ड लगाएतका धार्मिक तथा पर्यटकीय क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिईने छ ।
९ नेपाल एकिकरणको इतिहाससंग जोडिएका गढी, किल्ला र बाटो, को संरक्षण गदै देशभरका सास्कृतिक र ऐतिहासिक क्षेत्रलाई सास्कृतिक एवंम पर्यटकीय गन्तव्यको रुपमा बिकास गरिने छ ।
१०. रारा ताल क्षेत्रको लागि दिर्घकालिन गुरुयोजना तयार गरी कार्यानवयन गरीने छ ।
११. पहाडी र हिमाली क्षेत्रका सम्भाव्य स्थललाई सुविधायुुक्त हिल स्टेशनको रुपमा विकास गर्न पूर्वाधार विकास गरी पर्यटन प्रर्वद्धन गरीने छ ।
१२.आन्तरिक पर्यटन प्रवद्र्धन गरी सिथिल पर्यटन क्षेत्रलाई पुन जागृत गर्न कोरोनाको जोखिम समाप्त भए संगै राष्ट्सेवक कर्मचारी तथा संगठीत संस्था र निजि क्षेत्रका कर्मचारीलाई देश दर्शन गर्न प्रोत्साहित गरिने छ ।

Write your Comment


Related News
  • होटल संघद्वारा गभर्नरको ध्यानाकर्षण, ऋण चुक्ताका लागि ताकेता नगर्न आग्रह
  • ऋण चुक्ताका लागि ताकेता नगर्न होटल संघको आग्रह
  • होटल व्यवसायीलाई सहुलियत दिन बागमती प्रदेशका १३ जिल्लाले बुझाए सिडियोलाई ज्ञापनपत्र
  • बाँकेका तिन वटै होटल व्यवसायीले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी