ताजा समाचार

आज    |   

बाँकेका होटल व्यवसायीले लेखे प्रधानमन्त्री ओलीलाई पत्र, हाम्रो अस्तित्व जोगाउँ



होटल व्यवसायी संघ बाँकेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई होटल व्यवसायको अस्तित्व जोगाइदिन पत्र पठाएका छन् । पर्यटकीय सिजनमा कोरोना भाइरस संक्रमणको कारणले लामो समय सम्म होटल व्यवसाय बन्द हुदा जिविकोपार्जन गर्नै समस्या उत्पन्न भएपछि होटल व्यवसायी संघ बाँकेले होटलको अस्तित्व जोगाइदिन बाकेका प्रमुख जिल्ला अधिकारी कुमार वाहादुर खड्का मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएको अध्यक्ष भिम कडेंलले बताउनुभयो ।

उहाँले मानसरोबर जाने पर्यटकले भरिभराउ हुने बाँकेका होटलहरू चीनको वुहान सहरबाट सुरु भएको नोवेल कोरोना भाइरस संक्रमणको विश्वब्यापी विस्तारले सबै भन्दा वढी होटल व्यवसायी प्रभावित भएकोले सरकारले होटलहरूको अस्तित्व जोगाउन विभिन्न राहातका प्याकेजहरू बनाउनुपर्ने बताए ।

संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पढाइएको पत्रमा भनिएको छ लकडाउन समयावधि सम्मको व्यवसायीले प्रयोग गर्दै आएको विधुतमा छुट, घरवहाल पूर्ण छुट,बैंक तथा वित्तिय संस्थाहरूबाट सरल र सहुलियत रूपमा व्याजदरलाइ मिनाहा गरी  होटल व्यवसायीलाइ सहुलियत पूर्ण कर्जा दिने, कृषि क्षेत्र जस्तै पर्यटन क्षेत्रमा पनि अनुदान दिनुपर्ने, आर्थिक वर्षको करहरू छुट गरी प्रमाण पत्र नविकरणको व्यवस्था गर्नेपर्ने र होटलमा काम गर्ने श्रमिकलाइ राहात दिनुपर्ने मागहरू गरेका छन् ।

संघले प्रधानमन्त्री कार्यालयका साथै  अर्थ मन्त्रालय ,मुख्यमन्त्रीको कार्यलय प्रदेश नं ५, नेपालगंञ्ज नगरपालिका, केन्द्र र प्रदेश उद्योग वाणिज्य महासघ ,नेपालगन्ज उद्योग वाणिज्य संघ, होटल व्यावसायी महासंघ र प्रदेश होटल व्यावसायी संघ लगायतलाई मागपत्र सहित ध्यानाकर्षण गराएको छ ।

यस्ता छन्  होटल व्यवसायी संघ बाँकेका मागहरू 

१.  २०७६ चैत्र महिना देखि लकडाउन समयावधि सम्मको व्यवसायीले प्रयोग गर्दै आएको विधुतमा लगाउने डिमाण्ड चार्ज छुट गरियोस् ।

२.  घरवहाल सम्वन्धमा, कोरोना भाइरसका कारणले व्यापार व्यवसाय बन्द रहेकाले लकडाउन समय अवधिभर नेपाल सरकारले न्यायीक तरीकाले छलपफल गरी घरवहाल पूर्ण छुट गर्न यथासिघ्र सम्बाेधन गरियोस् ।

३.  बैंकिङ कर्जा सम्वन्धमा, देशको आर्थिक विकासको मेरूदण्डको रूपमा रहेको होटल व्यवसायको पुर्नजीवन र विकासका लागि बैंक तथा वित्तिय संस्थाहरूबाट सरल र सहुलियत रूपमा व्याजदरलाइ मिनाहा गरी  होटल व्यवसायीलाइ सहुलियत पूर्ण कर्जा निम्नतम व्याजमा कर्जा प्रवाह गरियोस् ।

४.  पर्यटकीय क्षेत्रलाइ पुन ताजकीय बनाउन नेपाल सरकारले २ वर्षको विषेष प्याकेज तयार गरी राहात उपलब्ध गराइदियोस् ।

५.  कृषि क्षेत्रमा गरिएको लगानी जस्तै पर्यटकीय क्षेत्रमा पनि अनुदानको व्यवस्था र निम्नतम व्याजमा श्राृण प्रवाह गरियोस् ।

६.  भौगोलिक आधारमा पर्यटकीय क्षेत्रको र जिल्लाको मूल्याङ्कन गरी राहात उपलब्ध गरियोस् ।

७.  पर्यटकीय क्षेत्रका हामी व्यवसायीहरूको आर्थिक वर्ष २०७६/०७७ को आन्तरिक राजस्व कार्यालय र स्थानीय निकाय मा दाखिला गर्नुपर्ने सबै प्रकारका करहरू छुट गरी प्रमाण पत्र नविकरणको व्यवस्था मिलाइयोस् ।

८.  लकडाउनले अस्तव्यस्त पारिएका होटलहरू निश्चित निति निर्देशन नियमावली तर्जुमा गरी होटल सञ्चालनको वातावरण तयार गरियोस् ।

९.  कोभिड ( १९ का कारण बाट होटल व्यवसाय पूर्ण रूपमा बन्द भएकाले धेरै मजदुर कर्मचारीको रोजीरोटी गुम्ने अवस्था सृजना भएकाले उनीहरूलाइ सरकारले उचित व्यवस्था मिलाउन माग                गर्दछौँ ।

 

 

Write your Comment


Related News
  • यस्तो छ नयाँ आउन लागेको ‘पर्यटन विधेयक २०७७’
  • प्रदेश २ मा फेरी बढे कोरोना संक्रमित, कुन जिल्लामा कति पूरा हेर्नुहोस्
  • नेपालमा हालसम्म कोरोना संक्रमित २३ सय, मृत्यु ९ जना
  • आन्तरिक राजश्व विभागको अल्टिमेटम होटल संघले नमान्ने
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी